यी चीजहरू मानव जीवनको लागि विष हो, ध्यान दिनुहोस् !

बौद्ध धर्मका विभिन्न शिक्षाले हामीलाई जीवन बाँच्ने सही मार्ग देखाउदछ। यी शिक्षा अन्तर्गत, ती सबै कुराको उल्लेख गरिएको छ, जसलाई यदि हामीले आफ्नो जीवनमा स्थान दियौँ भने निश्चित रुपमा हाम्रो चरित्र सुधार हुनुका साथै, हाम्रो जीवनशैली र स्वभावमा पनि सुधार आउनेछ। तर त्यस शिक्षा अन्तर्गत हामीले केहि कुरा भने आफुबाट टाढा राख्नुपर्छ।  नत्र, यसले जीवनमा निकै क्षति पुर्याउछ।

आज हामी यस लेखमा, ३ खराब कुराहरुको बारेमा चर्चा गर्नेछौं, जुन तपाईको जीवनमा विष साबित हुनेछ। बौद्ध धर्मका अनुसार, यदि हामी वास्तवमै सुखी जीवन प्राप्त गर्न चाहन्छौं भने हामी यी भावनाहरूबाट टाढा नै रहनुपर्छ।

लोभ:

मानव जीवनको प्रायः सबै समस्या वा समस्याको कारण भनेको नै लोभ हो। यो एक यस्तो भावना हो जब हामी आफूलाई चाहिएको भन्दा बढी कुराको आशा गर्छौ, चाहे त्यो धन होस्, प्रेम होस्, खाना होस् वा अन्य कुनै चीज होस्। बौद्ध धर्म बाहेक, लोभलाई ईसाई धर्ममा पनि ‘सेभेन सिंस’को श्रेणीमा राखिएको छ, अर्थात सात पाप।

घृणाको भावना:

घृणा एक धेरै शक्तिशाली भावना हो, जसले कहिलेकाँही प्रेमलाई पनि हराउन बाध्य गर्दछ। जब हामी कसैलाई घृणा गर्दछौं, यसले हामीलाई ईर्ष्या, क्रोध, शारीरिक र मानसिक हिंसाका लागि प्रेरित गर्दछ। घृणा गर्ने व्यक्ति सबै भन्दा पहिला हार्ने गर्दछ, किनकि उनले कहिल्यै कसैबाट आदर पाउन सक्दैन।

बेवास्ता:

एक चर्चित भनाइका अनुसार, बेवास्ता नै खुशी हो (इग्नोरंस इज ब्लिस)। तर जुन व्यक्तिलाई, ‘कुन चिजको ज्ञान हुनुपर्छ र कुन चिजलाई बेवास्ता गर्नुपर्छ’ भन्ने ज्ञान हुदैन भने, त्यस व्यक्तिले कहिले प्रगति गर्न सक्दैन। जीवनको महत्त्वपूर्ण चीजहरूको ज्ञान सबैलाई हुन आवश्यक छ।

प्रकाशित : शुक्रबार, माघ १७, २०७६१३:४३

विश्वको सबैभन्दा मोटो बच्चा भयो दुब्लो, वर्षमा यति धेरै तौल गुमायो !