महँगो पारिश्रमिक माग्दा चलचित्रबाट निकालिएका थिए यी कलाकार, एकले त मागेका थिए ९० करोड

एजेन्सी – बलिउड कलाकारहरु धेरैनै महँगा हुन्छन् भन्ने सबैलाई थाहै छ। कलाकारहरुको महँगो पारिश्रमिककै कारण पनि बलिउड चलचित्रहरु ‘बिग बजेट’ हुन्छन्।

माग अनुसारको पारिश्रमिक पाउने भएपछि मात्रै कलाकारहरु चलचित्रमा काम गर्छन्। तर, कलाकारहरु कहिले-काहीं आफ्नो बजार भाऊ भन्दा बढी पारिश्रमिक माग गर्न पनि पछि पर्दैनन्। यस्तोमा निर्माता तथा निर्देशनहरु अन्य कलाकार खोज्न बाध्य हुन्छन्।

यस्तै बढी पारिश्रमिक माग गरेपछि चलचित्रबाट निकालिएका कलाकार निम्न छ।

सोनाक्षी सिन्हा

सोनाक्षीले डेब्यु चलचित्रमै सलमान खानसँग काम गर्ने मौका पाएकी थिइन्। डेब्यु चलचित्र ‘दबंग’ले १०० करोड भन्दा बढी कमाई गरेपछि सोनाक्षीले धेरै चलचित्रको अफर पनि पाइन्। जसक्रममा निर्माता साजिद नाडियाले चलचित्र ‘किक’को लागि प्रस्ताव गरे। तर। सोनाक्षीले महँगो पारिश्रमिक माग गरेपछि नाडियाले सोनाक्षीलाई चलचित्रमा लिएनन्, ज्याक्लिन फर्नान्डेजलाई लिए।

करीना कपूर

करीनाले अहिले सम्म कयौं हिट चलचित्र दिसकिन्। कुनै एक समयमा करीना सबै भन्दा धेरै चल्तीकी नायिका थिइन्। त्यस समयमा करीना धेरै महँगीएकी समेत थिइन्। बताउने गरिन्छकी, करीना कुनै एक समयमा शाहरुख खान जति नै पारिश्रमिक माग गर्थिन्। चलचित्र ‘कल हो ना हो’को लागि करीनाले शाहरुखखान जतिनै पारिश्रमिक चाहिन्छ भने पनि निर्माताले उनलाई चलचित्रबाट ‘आउट’ गरेर प्रीति जिंटालाई लियको बताइन्छ।

नवाजुद्दीन सिद्दकी

नवाजुद्दीन सिद्दकी पनि महँगो पारिश्रमिक माग गरेकै कारण एक चलचित्रबाट निकालिएका थिए। चलचित्र जोली एलएलबी २का लागि साढे ३ करोड भारतीय रुपैंया माग गरेकै कारण नवाजुद्दीनलाई चलचित्रबाट ‘आउट’ गरिएको थियो।

शाहरुख खान

शाहरुख खान बलिउडकै सबै भन्दा महँगा कलाकारमा पर्छन्। बताइएअनुसार, शाहरुखले चलचित्र ‘पद्मावत’को लागि ९० करोड भारतीय रुपैंया माग गरेका थिए। जस कारण उनलाई आउट गरेर रणवीर सिंहलाई लिइएको थियो।

प्रकाशित : शुक्रबार, माघ १७, २०७६१३:४०

‘कुछ-कुछ होता है’ की अन्जली भइन् यति हट ! [हेर्नुहोस् तस्बिर]