काठमाडौँ, माघ १७ । भ्रमण वर्ष २०२० को शुरुवात भएसंगै नेपालमा छिमेकी मुलुक तथा अन्य देशहरुबाट पर्यटकहरु भित्रिने क्रम बढ्दो छ। त्यस्तै बिहिबार भारतिय टेलिभिजनका चर्चित कलाकार करणवीर बोहरा नेपाल आउने क्रममा उनलाई दिल्ली एयरपोर्टले रोकेको थियो। तर उनि शुक्रबार बिहान काठमाडौँ ल्याण्ड भैसकेका छन् । उनले सामाजिक संजालमा तस्विर शेयर गर्दै आफू नेपाल आएको जानकारी दिएका हुन्।
उनि नेपालमा आफ्नो शुटिंग र घुम्ने तयारीका साथ एयरपोर्ट पुगेका उनलाई पासपोर्ट नबोकेका कारण एयरपोर्टमा रोकिएको थियो । करणवीर आधार कार्डको माध्यमले नेपाल आउन लागेका थिए तर नेपाल आउनको लागि पासपोर्ट अनिवार्य भएपछि एयरपोर्टबाट उनलाई फर्काइएको थियो । त्यसपछि उनि आक्रोश हुदै सामाजिक संजालमार्फत उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले आधार कार्डमार्फत नेपालमा यात्रा गर्न नेपाल सरकारले स्विकार गर्दैन भने एयर इन्डियाले मुम्बईबाट उडान भर्नबाट किन रोकेन त भन्दै प्रश्न गरेका छन्। उनले यस्तो पोस्ट गरेपछि सामाजिक संजालमा उनको ट्रोल भईरहेको छ । उनलाई थुप्रैले घुम्न निस्किदा आफ्नो डकुमेन्ट बोक्नुपर्छ भन्ने थाहा छैन र भन्दै ट्रोल गरेका छन्।