चर्चित पप गायिका निकी मिनाजको भाइ जेलानी मराजलाई २५ वर्ष जेल सजाय सुनाईएको छ । जेलानी मराजमाथि आफ्नो ११ वर्षीय सौतेनी नाबालिका छोरीमाथि दुष्कर्म गरेको आरोप लागेको छ ।
न्यूयोर्कको एक न्यायाधीशले भनेका छन्, ‘तपाईले यस बच्चीलाई बर्बाद गर्नुभयो । तपाईले उनलाई पटक-पटक ब’ला’त्कार गर्नुभयो।’ पिडितको अनुसार जेलानी मराजले उनीमाथि एक सातामा चार पटक त कहिले दिनको दुईको पटकसम्म दुष्कर्म गर्थे । जेलानीले पिडित बालिकालाई यदी यस्तो कुरा कसैलाई भन्यो भने उनकी आमालाई टाढा पठाईदिने धम्कि दिएका थिए । उनले आफु माथि यस्तो घटना भएपछि आ’त्मह’त्या गर्न चाहेको बताएकी थिइन् ।
सजाय पाएपछि जेलानी मराजले भनेका छन्,’म माफी माग्न चाहन्छु कि मेरो कारण उनले कष्ट सहनुपर्यो । मलाई पिउने निकै समस्या थियो। २०१७ मा जेलानीलाई नाबालिकमाथि यौ’न शोषण गरेको कारण दोषी ठहराईको थियो ।
निकीले अघिल्लो वर्ष केनेथ पेटीसँग गुपचुप तरिकाले बिहे गरेकी थिइन्। निकीले आफ्नो एक इंस्टाग्राम पोस्टमा एक भिडियो शेयर गरेकी थिइन्, जसले उनीहरुको गुपचुप बिहे भएको पुष्टि गर्छ । यति मात्र नभई निक्कीले आफ्नो ट्विटर ह्यान्डलको नाम पनि मिसेज पेटी राखेकी थिइन् । केनेथे र निकी दुई वर्ष सम्बन्धमा रहे । निकी २०११ बाट २०१६ सम्म १० पटक ग्र्यामी अवार्डको लागि नोमिनेट भएकी थिइन्।