सौतेनी छोरीमाथि दुष्कर्म, यी चर्चित गायिकाको भाइलाई तोकियो यस्तो सजाय!

चर्चित पप गायिका निकी मिनाजको भाइ जेलानी मराजलाई २५ वर्ष जेल सजाय सुनाईएको छ । जेलानी मराजमाथि आफ्नो ११ वर्षीय सौतेनी नाबालिका छोरीमाथि  दुष्कर्म गरेको  आरोप लागेको छ  ।

न्यूयोर्कको  एक न्यायाधीशले भनेका छन्,  ‘तपाईले यस बच्चीलाई बर्बाद गर्नुभयो । तपाईले उनलाई पटक-पटक ब’ला’त्कार गर्नुभयो।’ पिडितको अनुसार जेलानी मराजले उनीमाथि एक सातामा  चार पटक त कहिले दिनको दुईको पटकसम्म दुष्कर्म गर्थे ।  जेलानीले पिडित बालिकालाई यदी यस्तो  कुरा कसैलाई भन्यो  भने उनकी  आमालाई टाढा पठाईदिने धम्कि दिएका थिए   । उनले आफु माथि यस्तो घटना भएपछि आ’त्मह’त्या  गर्न चाहेको बताएकी थिइन् ।

सजाय पाएपछि जेलानी मराजले भनेका छन्,’म माफी माग्न चाहन्छु कि मेरो कारण उनले  कष्ट सहनुपर्यो । मलाई पिउने निकै समस्या थियो। २०१७ मा जेलानीलाई नाबालिकमाथि  यौ’न शोषण गरेको  कारण दोषी ठहराईको थियो ।

निकीले अघिल्लो वर्ष   केनेथ पेटीसँग गुपचुप तरिकाले बिहे गरेकी थिइन्। निकीले आफ्नो एक इंस्टाग्राम पोस्टमा एक भिडियो  शेयर गरेकी थिइन्,  जसले उनीहरुको गुपचुप बिहे भएको पुष्टि गर्छ । यति मात्र नभई  निक्कीले आफ्नो  ट्विटर ह्यान्डलको  नाम पनि  मिसेज पेटी राखेकी थिइन् । केनेथे र निकी दुई वर्ष सम्बन्धमा रहे । निकी २०११ बाट २०१६ सम्म १० पटक ग्र्यामी अवार्डको लागि नोमिनेट भएकी थिइन्।

प्रकाशित : शनिबार, माघ १८, २०७६०९:४०

सीप भुल्दै दलित समुदाय, फाइदा उठाउँदै गैरदलित !