काठमाडौँ – उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तले १० वर्षे जनयु-द्धलाई गलत भन्न नहुने बताएका छन्।
शनिबार सहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनको प्रथम साधारणसभालाई सम्बोधन गर्नेक्रममा मन्त्री पुनले १० वर्षे जनयु-द्ध स्वीकार गर्दिन भन्नु नहुने बताएका हुन्।
जनयु-द्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी हुने उनको तर्क छ। १० वर्षे जनयु-द्ध नेपाली समाजमा ठूलो कायापलट ल्याएको कुरालाई नकार्न नसकिने उनले जिकिर गरे।
कसैले अस्वीकार गर्दैमा इतिहास नमेटिने पनि मन्त्री पुनले तर्क गरे। जनयु-द्धकैनेपालमा गणतन्त्रसहित ठूला राजनीतिक परिवर्तन सम्भव भएको पनि उनले सुनाए।
जनयु-द्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरिसके हुँदा जनयु-द्ध र जनयु-द्धका योद्धाहरु अस्वीकार्य हुनु प्राप्त उपलब्धि माथिकै प्रहार हुन जाने मन्त्री पुनको बुझाई छ।
“जनयु-द्धचाहीँ कसरी गलत भयो? जनयु-द्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयु-द्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर, गणतन्त्र ल्याउने जनयु-द्ध र जनयु-द्धका योद्धाहरु चाहिं किन अस्वीकार्य हुने?”, मन्त्री पुनले प्रश्न गरे।