बलिउडमा धेरै स्टारहरु छन् जसले आफ्नो अभिनयको कारण लाखौको मन जितेका छन्। बलिउडमा फिल्म ब्याकग्राउण्ड बिना आएर स्थापित हुन निकै मुस्किल छ। तर धेरै यस्ता स्टारहरु छन् जसले बिना कुनै गड फादर बलिउडमा आफुलाई स्थापित गरेर करोडौको सम्पति कमाएका छन् । आज हामी ति ७ अभिनेताहरुको बारेमा बताउदैछौ जसले आफ्नो कडा मेहनतले सफलताको उचाइ प्राप्त गरेका छन्। र
१. नवाज़ुद्दीन सिद्दीकि : आफ्नो एक्टिंग र वर्षौको मेहनतपछि नवाज़ुद्दीनले आफुलाई बलिउडमा स्थापित गरेका छन्। उनले करोडौ पारिश्रमिक पनि लिन्छन्। एक समय यस्तो थियो इंडस्ट्रीमा उनलाई काम मिल्दैनथ्यो। तर अहिले उनलाई फिल्म अफरको लाइन लाग्छ।
२. ज्याकी श्रफ : अभिनेता ज्याकी पनि फिल्म इंडस्ट्रीमा आउदा कसैलाई चिन्दैनथे। उनले पनि आफ्नो मेहनतको कारण नामको साथै करोडौको सम्पति कमाए।
३. सुनील शेट्टी : बलिउडका चर्चित अभिनेता सुनील शेट्टीले आफ्नो करियरको सुरुवात १९९२ सालमा फिल्म बलवानबाट गरेका थिए। त्यसपछि उनको भाग्य यसरी चम्कियो कि उनले थुप्रै हिट फिल्ममा कम गरे। अहिले उनि फिल्म इंडस्ट्रीबाट टाढा छन् तर उनले करोडौ कमाइरहेका छन्।
४. कपिल शर्मा : एक स्ट्यान्डअप कमेडियनबाट आफ्नो करियरको सुरुवात गरेका कपिल शर्माले पनि आफ्नो ट्यालेन्टको कारण ख्याति र धन दुबै कमाए। अहिले उनको कुल सम्पति १४५ करोड छ।
५. अक्षय कुमार : बलिउडमा खेलाडी कुमारको नामबाट चर्चित अभिनेता अक्षय कुमार अहिले सबैभन्दा धनि अभिनेताहरुमा गनिन्छन्। उनको कुल सम्पति १००० करोडभन्दा धेरै छ । यो पनि उनले आफ्नो कडा मेहनतले कमाएका हुन् ।
६. अमिताभ बच्चन : बलिउडका सम्राट अमिताभ बच्चन जब फिल्म इंडस्ट्रीमा आएका थिए तब उनले केहि पाएका थिएनन्। तर अहिले उनि बलिउडकै सबैभन्दा ठुला अभिनेता हुन्। वर्तमानमा उनिसंग ४०० मिलियन डलर सम्पति छ। आज पनि उनि बलिउड फिल्ममा काम गरिरहेका छन् र करोडौ सम्पति कमाइरहेका छन् ।
७. शाहरुख खान : दिल्लीबाट मुम्बईको निकै सफल यात्रा गरेका चर्चित अभिनेता शाहरुख खान अहिले किंग खानजो नामबाट चिनिन्छन्। उनले पनि कसैको सहयोग बिना सफलता प्राप्त गरेका हुन्। अहिले उनको कुल सम्पति ७४० मिलियन डलर अर्थात् ८३ अरब भन्दा बढी रहेको छ।