बिरेनुनबाट छाला र कपालको समस्याहरुबाट छुट्कारा पाउनुहोस् (प्रयोग गर्ने बिधि सहित)

बिरेनुनले फलफुल, चाट, सलाद, आदि जस्तो कुराको स्वाद बढाउँने काम गर्दछ। सामान्यतया बिरेनुन प्रत्येक खाद्य वस्तुहरुमा प्रयोग गरिन्छ। तर, के तपाईलाई थाहा छ, बिरेनुनले छाला वा कपाल सम्बन्धी समस्याहरुलाई पनि हटाउँने काम गर्दछ। बिरेनुनले स्वादमा मात्रै नभई छाला र कपालमा पनि परिवर्तन ल्याउने काम गर्दछ। आउनुहोस्, बिरेनुन कसरी प्रयोग गर्ने भन्ने बिषयमा चर्चा गरौँ।

बाथटबमा बिरेनुन हाल्नुहोस्

नुहाउने समयमा, मन तातो पानीमा बिरेनुन मिसाउनुहोस्। यसो गर्नाले, तपाईको फुटेको खुट्टामा निकै लाभकारी साबित हुनेछ। साथै, मरेको छालालाई पनि हटाउने काम गर्दछ। यस बाहेक, यसले शरीर सुन्निनु वा दुखाइको समस्याबाट पनि मुक्ति दिलाउने काम गर्दछ।

अनुहारको ‘पोर्स’ सफा गर्नुहोस्

यदि तपाई ‘फेसवास’ले आफ्नो  मुख (अनुहार) धुनुहुन्छ भने, मुख धुने बेलामा आफ्नो फेसवासमा हल्का बिरेनुन पनि थप्नुहोस् र अनुहारमा हल्का मालिश गर्नुहोस्।  यसले तपाईको अनुहारको सानो सानो प्वालमा भएको फोहोरहरू (पोर्स) हटाउन मदत गर्नुका साथै ‘पिम्पल्स’ जस्ता समस्याहरुबाट पनि राहत दिलाउदछ। बिरेनुनले छालामा चमक बढाउँन पनि मदत गर्दछ।

कपाल झर्ने समस्याबाट छुट्कारा

बिरेनुनमा खनिज पदार्थ निकै धेरै मात्रामा पाइन्छ। त्यसैले तेल वा पानीमा हल्का बिरेनुन मिसाएर आफ्नो कपालमा लगाउदा निकै लाभकारी साबित हुने गर्दछ। यसले कपाल झर्ने समस्यामा पनि निकै सुधार गर्दछ।

चायाँबाट पनि छुट्कारा

जाडो महिनामा चायाँको निकै समस्या देखा पर्ने गर्दछ। यदि तपाई कपालमा बिरेनुन प्रयोग गर्नुहुन्छ भने, यो समस्याबाट पनि छुटकारा पाउनु हुनेछ। गोलभेडा वा कागतीको रसमा बिरेनुन मिलाएर कपालको जरामा लागाउनुहोस्। यसो गर्नाले चायाँ निकै नै कम हुनेछ।

प्रकाशित : आइतबार, माघ १९, २०७६०९:१३

कोरोना वायरस संक्रमित महिलाले जन्माइन स्वस्थ बच्चा, भयो नयाँ खुलाशा।