काठमाडौँ, माघ १९ । उत्तरी छिमेकी मुलुक चीनमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि विश्वभरका आम-मानिसमा अहिले त्रास थपिएको छ । कोरोना भाइरसबाट बच्न चिकित्सकहरुले उच्च सावधानी अपनाउन सुझाव दिँदै आइरहेका छन् ।
यसको संक्रमण चिनका थुप्रै स्थानमा फैलिएपछि चिकित्सकहरु पनि अहिले उपचार गरेर आजित भएका छन् । हालै सामाजिक संजालमा केहि तस्विर सार्वजनिक भएको छ। जसमा कोरोनाभाइरसबाट संक्रमित मानिसहरुको लगातार उपचार गरेपछि छोटो ब्रेकमा मास्क खोलेर बसेका केहि महिला डाक्टरहरु देखिएका छन्। तस्विरमा उनीहरुको अनुहारमा मास्कको कारण रातो डाम तथा घाउ नै भएको देखिन्छ । उनीहरुले उपचारको क्रममा कत्ति लामो समयसम्म मास्क लगाउनुपर्छ भनेर यो तस्विरबाट नै पुष्टि हुन्छ । यस तस्विरलाई चीनको सरकारी मिडिया पिपुल्स डेलीले ट्वीटरमा शेयर गरेको हो ।
चीनमा कोरोनाभाइरसको संक्रमणले बिरामी परेकाहरुलाई उपचार गर्न खटिएका डाक्टरहरुको स्थिति अहिले युद्धमा खटिएका सिपाहीको जस्तै भएको छ । किनकी यस भाइरस उनीहरुमा कतिबेला फैलिन्छ त्यो थाहा नै हुदैन । केहि दिन अगाडी मात्रै उपचारमा संलग्न एक डाक्टरले संक्रमणका कारण ज्यान गुमाइसकेको छ ।