काठमाडौँ, माघ १९ । बला’त्कारको आरोप लागेका एसएसपी शौरभ राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएर आत्मसर्मपण गरेका छन् । संघीय प्रहरी कार्यालय धरानका प्रमुख निलम्बित एसएसपी शौरभ राणाले आइतबार आत्मसर्मपण गरेका हुन्
एसएसपी राणाले आफूलाई पटक-पटक क’रणी गरेको भन्दै झापाकी एक महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती क’रणीको मुद्दा दर्ता गरेकी थिइन्। त्यसपछि प्रहरीले जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको थियो। आइतबार राणा आफै जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएका हुन् ।
एसएसपी राणालाई गृहमन्त्रालयले पदबाट निलम्बन गरिसकेको छ । राणा प्रहरीको सम्पर्कमा आएपछि घटनाको अनुसन्धान गर्ने बाटो खुलेको छ । राणाविरुद्ध झापा विर्तामोड घर भएकी लिम्बु थरकी विवाहित महिलाले मुद्दा दर्ता गरेकी हुन् । पीडित महिलाले प्रहरी समक्ष आफुलाई पटक-पटक डरध’म्की दिएर जबरजस्ती गरेको बयान दिएकी छिन्।