काठमाडौँ, माघ १९। हाल काठमाडौँस्थित डिल्लीबजार बस्दै आएका एक युवकमाथि नि’र्घात कु’टपिट भएको छ । गुल्मी, इस्मा गाउपालिका-६ घर भएका २८ वर्षीय टपेन्द्र पन्तमाथि कु’टपिट भएको हो । रातोपुलस्थित अण्डरग्राउण्ड डान्स बारमा पन्तमाथि कु’टपिट गरिएको हो।
यस घटनामा संलग्न ५ जना पक्राउ परिसकेका छन्। जसमा सिन्धुलीकी अस्मिता दुनुवार (१९ वर्षीया), जाजरकोटका गोपाल वटाला (३४ वर्षीय), महेन्द्रनगरका गणेश साउद (२२ वर्षीय ), सिन्धुपाल्चोकका अनिता लामा (२६ वर्षीया)र सविन श्रेष्ठ रहेका छन् । उनीहरुमाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौँका अनुसार पिडित पन्त उक्त रेस्टुरेन्टमा खाना खान एक्लै गएका थिए । बिल तिर्ने समयमा पन्तलाई एक सेट खानाको मात्र १२ को बिल दिएपछि विवाद भएको थियो। त्यसपछि रेष्टुरेन्टका संचालक र अन्य कर्मचारीले उनीसंग भएको ५० हजार रुपैयाँ पनि लुटपाट गरेको अनुसन्धानमा खुलेको छ। पैसा लुटेपछि पन्तको ज्याकेट खोसेर शरीरको विभिन्न अंगमा कु’टपिट गरी रातिको करिब साढे १२ बजे बाहिर ल्याएर छाडेको खुलेको छ । घटनाबारे परिवारलाई खबर गरेपछि राति १ बजे उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो । अहिले भने उनलाई धापासीस्थित ग्राण्डी अस्पतालको सघन उपचार कक्षमा राखिएको छ ।