आज माघ २० गते सोमबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

सरकारी कार्यमा सफलता मिल्नेछ। प्रिय मित्रसंगको सानिध्यता बढ्नेछ। नयाँ कार्यको थालनी गर्नाले भविष्यमा लाभ हुन सक्छ। सन्तान सुख मिल्नेछ। प्रकृतिको साथमा रम्ने सु अवसर मिल्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

अधुरा रहेका सम्पूर्ण कार्यहरु पुरा भएर जानेछ। पारिवारिक जीवनमा लाभ मिल्नेछ। नोकरी व्यवसायमा लाभ हुनेछ। अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिल्नेछ। उच्च पदाधिकारीको प्रसस्त साथ र सहयोग मिल्नेछ। नोकरीमा पदोन्नति होला।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

महत्वपुर्ण कार्यका लागि उचित निर्णय नालिदामा नै राम्रो हुनेछ। नयाँ कार्य थालनी गर्नका लागि दिन अनुकुल रहेको छैन। शारीरिक थकान र आलस्यतामा वृद्धि हुनेछ। पेटसम्बन्धी समस्याको शिकार भइने छ। नोकरी व्यवसायका लागि दिन त्यति राम्रो रहेको छैन। खर्चको मात्रा बढेर जानेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

अधिक खर्च हुने सम्भावना रहेको छ। इश्वर ध्यान भक्तिमा लाग्नाले बिशेष लाभ हुने देखिन्छ।गरिएका हरेक कार्यमा बिशेष सावधानीअपनाउनु पर्नेछ। परिवारका साथमा अनावश्यक बादबिवाद हुन सक्ने भएकाले बोलीमा बिशेष संयमित हुनुपर्ने छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

सामाजिक एवम बाहय क्षेत्रमा लाभ हुने सम्भावना एकदम कम रहेको छ। वैवाहिक सम्बन्धमा टकरावको स्थिति सिर्जना हुन सक्छ सजक रहनुहोला। जीवनसाथीको स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ। अनावश्यक बादविवादमा सामेल नहुदा नै राम्रो हुनेछ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

खर्चको मात्रामा सामान्यतया वृद्धि भएर जानेछ। स्वास्थ्य अनुकुल रहेको छ। नोकरी व्यवसायमा लाभ हुनेछ। सहकर्मीको अत्यधिक साथ् मिल्नेछ। सुखद समाचार सुन्न पाइने छ। कार्यमा अनपेक्षित सफलता प्राप्त हुनेछ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

समग्रमा तपाईको दिन मध्यम फलदायी रहेको छ। पढाई लेखाइमा बाधा अड्चन देखिन सक्नेछ। सन्तान सुख मिल्ने छैन। नया कार्यको थालनीले खासै सफलता मिल्ने छैन। प्रियजन संगको भेटघाटले थप मन प्रफुल्लित हुने छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

 कुनै पनि कार्यका लागि महत्वपुर्ण निर्णय नलिनु नै फाइदाजनक रहने छ। स्वास्थ्यमा अचानक परिवर्तन देखिन सक्छ सावधान रहनुहोला। साथीभाईका साथमाअनावश्यक मनमुटाव हुन सक्नेछ। आर्थिक हानिको सम्भावना रहेको छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

 परिवारका साथमा हर्सोल्लाशका साथमा समय व्यतित भएर जानेछ।  नयाँ कार्यको प्रारम्भ गर्नका लागि समय अनुकुल रहेको छ।अध्यात्म चिन्तनमा मन लाग्नेछ। कार्यमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा मान सम्मान मिल्नेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

शेयर सट्टा तथा आर्थिक कारोबार नगर्दा नै दिन राम्रो हुनेछ। परिवारका साथमा अनावश्यक मनमुटावको सम्भावना रहेकाले बोल्दा बिशेष विचार पुर्याउनु होला। आँखा सम्बन्धि समस्याले सताउने छ। बिद्यार्थी वर्गका लागि पनि दिन मध्यम रहेको छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

पारिवारिक माहोल सुखमय रहनेछ। शारीरिक एवम मानसिक रुपमा प्रसन्नता छाउनेछ। भौतिक तथा अध्यात्मिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। समग्रमा यहाको दिनलाई शुभ फलदायी मान्न सकिन्छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

अचानक स्वास्थ्यमा परिवर्तन आउन सक्छ ध्यान दिनुहोला। आर्थिक कारोवारमा बिशेष सावधानी अपनाउनु पर्नेछ। धार्मिक कार्यका पछाडी अधिक धन खर्च हुने सम्भावना रहेको छ। परिवारजनका साथमा आपसी मतभेद हुने छ।

प्रकाशित : आइतबार, माघ १९, २०७६१४:२२

भोलि माघ २० गते सोमबार, तपाईको दिन कस्तो रहला? हेर्नुहोस् दैनिक राशिफल!