कोरोना भाइरस : लापरवाहीले काठमाडौँनै छाडेर भाग्नु पर्ने स्थिति आउन सक्ने खतरा !

काठमाडौँ – चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने खतरा छ। सम्भावित खतरालाई मध्यनजर गर्दै हवाई तथा स्थल दुवै मार्गमा सतर्कता अपनाउनु पर्ने अवस्था छ।

सरकारका अनुसार कोरोना भाइरस नेपाल नभित्रियोस् भन्नका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल तथा चीनसँगका सीमानामा आवश्यक सतर्कता अपनाइएको छ।

जोखिम नियन्त्रणका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल तथा चीनसँगका सीमानाकामा स्वास्थ्यकक्ष सञ्चालन गरिएको र उच्च सतर्कता अपनाउन सबै संयन्त्रको प्रभावकारी परिचालन गरिएको सरकारको भनाई छ।

तर, सामाजिक संजालमा भाइरल भएको एक तस्विरले सरकार कोरोना भाइरसको सम्भावित खतरा प्रति सरकारले प्रभावकारी रुपमा संयन्त्रहरु परिचालन नगरेको हो की भन्ने प्रश्न उठाएको छ।

यति बेला सामाजिक संजालमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चालन गरिएको स्वास्थ्यकक्षको एक तस्विर भाइरल भएको छ। जसलाई ट्वीटरमा उज्ज्वल आचार्यले पोस्ट गरेका थिए। कुनै पनि कर्मचारी नभएको उक्त हेल्थ डेक्सको तस्विर पोस्ट गर्दै आचार्यले आफू एयर इन्डियाको विमानबाट आएको र केहि समयमै चीनबाट आएको विमान अवतरण हुँदा गरेको जानकारी गराएका थिए।

उज्ज्वल आचार्यले पोस्ट गरेको यस तस्विरले धेरैको ध्यान तानेको छ। यहि तस्विर बारे टिप्पणी गर्दै चर्चित डाक्टर कल्याण सुवेदीले सरकारले परिचालन गरेका संयन्त्रहरु गम्भीर बन्न नसके काठमाडौँ छाडेर भाग्नु पर्ने स्थिति आउन सक्ने बताएका छन्।

यदि कोरोना भाइरसको संक्रमण भएको एक मात्र व्यक्त काठमाडौँ प्रवेश गरेमा र उसलाई ‘आइसोलेसन’मा राख्न सकिएन भने काठमाडौँनै छाडेर भाग्नु पर्ने स्थिति आउन सक्ने उनको भनाई छ।

“(यस्तो नहोस तर) जम्मा एकजना मात्र corona virus भएको व्यक्ति काठमाडौँमा छिर्यो र समयमा Isolation मा राखिएन भने सबैजना काठमाडौँ छाडेर भाग्नु पर्ने स्थिति आउन सक्छ जुन देशले आजसम्म नभोगेको भयाबह स्थिति बन्न सक्छ। यसरी माथि देखि तलका निकायहरु गफ लगाउन र गफ सुन्नमै भुल्न थाले भने बेर पनि छैन।”,उनले फेसबुकमा लेखेका छन्।

प्रकाशित : सोमबार, माघ २०, २०७६०५:१२

प्याराग्लाइडिङ वल्र्ड कप पोखरामा