आखिर किन खाईन शिल्पाले जुत्ताको हिल? भिडियो भाइरल!

बलिउड  अभिनेत्री  शिल्पा शेट्टि फिल्मबाट टाढा भएपनि सोशल मिडियामा एक्टिभ रहन्छिन् । सोशल मीडियामा शिल्पा  आफ्नो एक्सरसाइज गरेको भिडियो र तस्विर शेयर गरेर लाइमलाइटमा रहन्छिन् । उनी आफुले खाने व्यंजनको परिकारको भिडियो पनि शेयर गर्छिन् ।

शिल्पाले  इंस्टाग्राममा एक यस्तो भिडियो शेयर गरेकी छिन् जसमा उनले जुता खाएकी छिन् । यो भन्दा पहिला तपाईले  केहि अरु सोच्नुभन्दा पहिला हामी तपाईलाई भन्छौ कि शिल्पा सेट्टीले हातमा लिएको जुत्ता अरु केहि नभई खाने कुरा हो । यो एक चकलेट हो । शिल्पाको क्याप्शनमा पनि लेखेकी छन्  ।

भिडियोमा  भिन्न-भिन्न प्रकारको  चकलेट र मिठाई देखिएको छ, तर   शिल्पालाई भने यो चकलेटले आकर्षण गरेको छ । शिल्पा बलिउडको सबैभन्दा फिट अभिनेत्री हुन्।  उनले स्वस्थ र पोषक तत्वले  भरपूर डायट लिन्छिन् । उनी खानमा निकै सोखिन छिन्  तर उनी एक्सरसाइज र योगाले आफुलाई फिट राख्छिन् ।  शिल्पा आफ्नो दिनको सुरुवात एक गिलास मन तातो पानीले गर्छिन् । शिल्पा शेट्टी जति व्यस्त भएपनि उनी बिहान योगा गर्न कहिले भुल्दिनन्। अहिले  शिल्पा  टिकटक भिडियोको कारण पनि चर्चामा रहन्छिन्  ।

प्रकाशित : सोमबार, माघ २०, २०७६१४:०४

दुई हजारमै जहाजमा पोखरा सरर…