टोटेनहमले हराएपछि सिटीको उपाधि यात्रामा धक्का

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरले म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको छ । टोटेनहमको मैदानमा आइतबार राति भएको खेलमा स्टेभेन बर्गवाइन र ह्युङ मिन सनले गोल गरे ।

प्रतिस्पर्धात्मक पहिलो हाफमा सिटीका इकेए गुन्डोगान पेनाल्टीमा चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । सर्जी औरियरले सर्जियो अगुइरोलाई लडाएपछि रेफ्रीले भिएआरका सहायतामा ३८औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । तर, इकेए गुन्डोगानको पेनाल्टी टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले बचाएका थिए ।

६०औं मिनेटमा ओलेक्सन्डर जिनचेन्को दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो । डेभिडसन सान्चेजलाई फउल गरेपछि रेफ्रीले जिनचेन्कोलाई मैदान बाहिर पठाएको थियो । सिटी १० खेलाडीमा समेटिएको फाइदा टोटेनहमले उठायो । ६३औं मिनेटमा बर्गवाइनले लुकास मौउराको पासमा टोटेनहमका लागि ‘डेब्यु’ गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए ।

७१औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उनले टंगे एनडोम्बेलेको पासमा गोल गर्न सफल भएको थियो ।
त्यसपछि थप गोल निस्कन नसक्दा सिटी टोटेनहमसँग २–० ले स्तब्ध बन्न पुग्यो । हारपछि सिटीको उपाधि सम्भावना झिनो बनेको छ । हारपछि सिटी शीर्षस्थानको लिभरपुलसँग २२ अंकले पछि परेको छ । सिटीको ५१ तथा लिभरपुलको ७३ अंक छ ।

सिटीलाई पराजित गरेको टोटेनहम ३७ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । अर्काे खेलमा आर्सनल बर्नलीसँग गोलरहित बराबरीमा खेल्दै अंक बाडेको छ ।

प्रकाशित : सोमबार, माघ २०, २०७६०५:५०

मेस्सीकै कारण ला-लिगामा बन्यो नयाँ रेकर्ड !