ठेलामा चिकेन बिर्यानी भन्दै कौवाको मासु सस्तोमा बेचेपछि…

एजेन्सी, पछिल्लो समय भारत तथा नेपालमा ठेलाको व्यापार फस्टाउँदै गएको छ । ठेलाको व्यापार गर्न सजिलो र कम लागत लाग्ने हुदा यसमा धेरैको आकर्षण बढेको छ ।  तर ठेलामा बेच्न राखिएका सबै खाद्यपदार्थ स्वस्थकर  हुन्छ भन्ने हुदैन। त्यस्तै हालै भारतको एक ठेला व्यापारीको घि’नलाग्दो कार्य बाहिरिएको छ । उनले ठेलामा सस्तोमा चिकेन बिर्यानी, चिकेन ललिपप भनेर बेचिने मासू कुखुराको नभएर कौवाको भएको खुलेको छ । 

भारतको तामिलनाडुस्थित रामेश्वरम सडक किनारमा  जब खाद्य विभागले छापा मा’र्‍यो तब यस्तो पत्यार नै नलाग्ने घटना बाहिरिएको हो।

कुखुराको मासु भन्दै कौवाको मासु बेच्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ  गरेको छ। प्रहरीका अनुसार यी दुईले रामेश्वरम मन्दिरमा हरेक दिन वि’षालु चामल चाराको रुपमा दिएर कौवालाई मा’र्ने गरेको खुलेको छ। साथै उनीहरुले ठेला व्यापारलाई सस्तोमा बेचेको खुलेको छ।

रामेश्वरम मन्दिरमा आएका केहि श्रद्धालुले मरेका केही कौवा देखेपछि चिकेनको नाममा कौवा बेचेको आशंका गरेका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । ठेला व्यापारीले यस्तो घिनलाग्दो कार्यबाट राम्रो पैसा आम्दानी गर्दै आइरहेका थिए। लगभग १५० मरेका कौवाहरु उनीहरुबाट फेला परेको थियो  ।

प्रकाशित : सोमबार, माघ २०, २०७६०७:४५

कोरोना वायरस संक्रमित महिलाले जन्माइन स्वस्थ बच्चा, भयो नयाँ खुलाशा।