कोरोनाभाइरस: वुहानबासिहरुले अग्ला भवन भित्रै बसेर यसरी बढाए आत्मबल [भिडियो]

माघ २० । कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु चीनको वुहान सहरका मानिसहरु अहिले पूर्ण रुपले त्रसित छन्। वुहान सहरको सडकमा अहिले एम्बुलेन्स बाहेक  कुनै सवारीसाधन चल्दैन। साथै वुहान सहरका १ करोडभन्दा बढी मानिसहरु घरबाट बाहिर निस्किएका छैनन्। तर यस्तो महामारी फैलिएको बेला पनि उनीहरुको आत्मबल घटेको छैन ।

हाल सामाजिक संजालमा  एक भिडियो सार्वजनिक भएको छ, जसमा वुहानवासीहरूले आफु बस्ने अग्ला भवनहरुका झ्यालबाट एकताको स्वरमा गित गाएका  छन् ।

यसरी गित गाएर उनीहरुले आफ्नो आत्मबल बढाएका छन्। केहि स्थानका मानिसहरुले भने देशभक्तिपूर्ण भावका गित गाएका छन् । उनीहरुले एक-अर्कालाई बलियो रहन आग्रह गर्दैछन्।

प्रकाशित : सोमबार, माघ २०, २०७६०९:४४

भक्तपुरमा बन्ने भयो देशकै ठूलो ‘स्याटेलाइट सिटी’ !