काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टितेल तथा ग्याँसको मूल्य समायोजन गरेको छ। निगमले सोमबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो।
निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ भने खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर २५ रुपैयाँले बढाइएको छ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबार राति १२ बजेदेखि पेट्रोल, डिजल, मट्टितेल र खाना पकाउने ग्यासको समायोजित मूल्य लागू हुनेछ।
प्रतिलिटर १११ रुपैयाँ रहेको पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा अब ११० रुपैयाँ हुनेछ भने डिजल तथा मट्टितेलको मूल्य अब ९९ रुपैयाँ हुनेछ। यस्तै नयाँ मूल्य अनुसार खाना पकाउने ग्यासको मूल्य १३७५ रुपैयाँ हुनेछ।