स्किल देखाउँदा नेयमारलाई पहेंलो कार्ड! [भिडियो सहित]

एजेन्सी – स्किल देखाएकै कारण पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले पहेंलो कार्ड पाएका छन् । शनिबार राति फ्रेन्च लिग वान दौरान मोन्टपिलिएरविरुद्धको खेलमा स्किल देखाएकै आधारमा रेफ्री जिरोम ब्रिसार्डले नेयमारलाई पहेंलो कार्ड देखाएका थिए ।

खेलको ३७औं मिनेटमा नेयमारले मोन्टपिलिएरका दुई डिफेन्डरबीचबाट ड्रिब्लिङ (रेन्वो फ्लिक) गर्दै बल अघि बढाउने प्रयास गरेका थिए । त्यही बलमा रेफ्रीले नेयमारको त्यो स्किलमा असमहति जनाएका थिए । रेफ्रीको निर्णयमा असन्तुष्टि पोखेपछि रेफ्रीले नेयमारलाई पहेँलो कार्ड देखाए ।

त्यसपछि पनि खेल विवादिन रहन सकेन । सँगै रहेका मार्काे भेराट्टीलाई नेयमारले भने, ‘म फुटबल खेल्छु । उसले मलाई पहेँलो कार्ड देखाउछ । उसलाई भनिदिनु यो पहेँलो कार्ड हुन सक्दैन ।’

रेफ्रीले फ्रेन्च भाषामा नेयमारलाई शान्त हुन आग्रह गर्दै खेललाई निरन्तरता दिए । खेलभर नै मोन्टपिलिएरका खेलाडीले नेयमारलाई निशाना बनाइराखे । खेल सकिएपछि पनि नेयमारले रेफ्रीसँग आफ्नो कुरा‌ राखेका थिए ।

त्यसपछि पनि स्टार फरवार्ड नेयमारले खेलमा आफ्नो छाप छोड्न सफल भए । उनले सामाजिक सन्जाल इन्स्टाग्राममा रेफ्रीको निर्णयमा व्यङ्ग्य गर्दै ‘म फुटबल मात्रै खेल्छु ।’ भनेर पोस्ट गरेका छन् ।

फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पीएसजीले उक्त खेल ५–० ले जित्न सफल भएको थियो । पाब्लो साराबिया, एन्जल डि मारिया, केलियन एमबाप्पे र लेभिन कुर्जावाले गोल गर्दा एक गोल उपहार पाएको थियो । पीएसजी २२ खेलबाट ५५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रकाशित : सोमबार, माघ २०, २०७६१४:४०

विश्वभरका खेल पत्रकारलाई नेपालका प्रज्ज्वल ओलीले पछि पारे !