काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमामा विषादी परीक्षणसम्बन्धी विषयमा ‘भारतले कुनै पत्र नपठाएको’ सार्वजनिक अभिव्यक्ति दिए । जबकी, तीन दिन पहिल्यैको पत्र मिडियाबाट सार्वजनिक भएपछि आफूलाई ’झुक्याइएको’ भन्दै उनले सार्वजनिकरूपमा माफीसमेत मागे । तर, शक्तिशाली प्रमलाई त्यसरी ‘झुक्याउने’ व्यक्ति को थियो भनेर कहिल्यै पहिचान भएन । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।
०००
प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डलबाट भारतको आन्तरिक विषयमा गरिएको एक आपत्तिजनक ट्वीटलाई रिट्वीट गरियो । त्यो पनि मध्य रातमा । र, पछि भनियो, ‘अनाधिकृतरूपमा रिट्वीट भयो, छानबिन गरेर कारबाही गर्छौं ।’ त्यति संवेदनशील विषयका बारेमा एक महिनासम्म पनि कुनै थप खबर सार्वजनिक भएको छैन ।
०००
इन्डोनेसियामा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीका नामबाट पठाइएको पत्रमा समवेदनाको साटो बधाइ लेखिएको विज्ञप्ति सार्वजनिक भयो । तर, त्यसरी मुलुककै बेइज्जत गर्ने व्यक्ति को थिए र उनीमाथि के कारबाही भयो भनेर सार्वजनिक गरिएन ।
०००
राष्ट्रपति कार्यालय शीतल निवासले माघ ३ गते एउटा प्रेस विज्ञप्ति निकालियो । जापानका मन्त्रीको भेटका विषयमा निकालिएको विज्ञप्तिमा माघ १० गते भेट भएको भनेर निकालियो । समाजिक सञ्जालबाट त्यसको विरोध भएपछि केही समयपछि त्यसलाई सच्याएर पुनः माघ ३ गते नै भेट भएको भनेर निकालियो । तर, त्यसरी गल्ती गर्दा कारबाही हुनुपर्ने भएपनि सामान्य क्षमायाचना पनि गरिएन ।
०००
यी माथिका चार वटा उदाहरण हुन्, नेपालका उच्च सरकारी कार्यालय र त्यहाँ कार्यरत कर्मचारी कति व्यवस्थित र संवेदनशील छन् भन्ने । कतिपय विषय त राष्ट्रकै सम्मानमा आँच आउने खालका पनि छन् । तर, यी घटना भएको लामो समय वित्तिसक्दा पनि अहिलेसम्म कसैलाई कारबाही भएको सुनिएको छैन ।
यस्ता, गल्ती नेपालमा मात्र हुने पनि होइन, विश्वका अन्य देशमा पनि हुने गरेको सुनिन्छ । तर, त्यहाँ गल्ती गर्नेलाई कारबाही गरेर यसकारण गल्ती भएछ भनेर औँल्याइन्छ । नेपालमा भने गल्ती गर्ने प्रवृति र व्यक्तिलाई नै ढाकछोप गर्नमा उद्धत हुँदा बारम्बार गल्ती दोहोरिने गरेको देखिन्छ ।
मानिसबाट केही सामान्य विषयमा गल्ती हुनु स्वाभाविक हो । तर, पटकपटक गल्ती गरिहनु आफँैमा कारबाहीको भागीदारी हो । यस्ता, गल्ती नेपालमा मात्र हुने पनि होइन, विश्वका अन्य देशमा पनि हुने गरेको सुनिन्छ । तर, त्यहाँ गल्ती गर्नेलाई कारबाही गरेर यसकारण गल्ती भएछ भनेर औँल्याइन्छ । नेपालमा भने घटना भएपछि केही दिन एक्सन लिएजस्तो गर्ने र त्यसपछि सो विषय चुपचाप सकिने हुँदा बारम्बार घटना दोहोरिने गरेको कतिपयको भनाइ छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजाल पनि यस्ता घटनामा संलग्नलाई सरकारले कारबाही गर्नुपर्ने बताउँछन् । उनले भने, ‘उच्च पदाधिकारीका कार्यालय र तहमा गल्ती हाम्रोमा मात्र हुन्न, अन्यत्र पनि हुन्छ । तर, अन्यत्र त्यसरी लापरबाही गर्ने को हुन् भनेर जनतालाई जानकारी दिइन्छ र कारबाही गरिन्छ, हाम्रोमा वास्तै गरिन्न र फेरि त्यस्तै गल्ती गरिन्छ ।’ रिजालले दोषी कर्मचारीलाई सरकारले कारबाही गरेर जनतामा देखाउनुपर्ने मागसमेत गरेका छन् । ‘ती ठाउँहरूमा जनताको करबाट तलबभत्ता खानेहरूको कमी छैन । तर, सर्वोच्च संस्थाहरूको साख जोगाउन हामी किन चुकिरहेका छौँ ? यसको जिम्मा कसले लिने ?’, उनले प्रतिप्रश्न गरे ।
उसो त त्यस्ता कार्यालयमा कसै एक्लैले चाहेपनि यस्ता विज्ञप्ति निकाल्न सक्दैन । विज्ञप्ति निकाल्ने, त्यसलाई सच्याउने र हस्ताक्षर गर्ने व्यक्ति फरकफरक रहेका हुन्छन् । तर, पनि यसरी बारम्बार गल्ती दोहो¥याउनु कर्मचारीको निकम्पापन र हेपाह प्रवृत्ति भएको कतिपय विश्लेषकहरूको भनाइ छ । नागरिकका लागि सरकारको अनुभूति सरकारी वेतनभोगी राष्ट्र तथा नागरिकको सेवामा खटिएका कर्मचारीको आचरण, व्यवहार तथा कार्यसम्पादनको सम्मिश्रण हो । तर, कर्मचारीका यस्ता व्यवहारले जनता निरास हुने गरेका छन् ।
डेनमार्क, फिनल्याड, स्वीडेन, न्युजिल्यान्डलगायत देशमा सरकारी कर्मचारीको निष्कलंकता, पारदर्शिता तथा सेवाभावकै कारण अति न्यून भ्रष्टाचार हुने गरेको छ । नेपालमा भने सरकारी कामकाजमा र सरकारी कर्मचारीबाटै चरम भ्रष्टाचार हुने गरेको सेवाग्राही स्वयम् बताउँछन् ।