सैन्य, शक्ति, युद्ध, क्रोध र पराक्रमका कारक, मंगल ग्रह ८ फेब्रुअरीमा वृश्चिक राशिबाट बृहस्पतिको धनु राशिमा गोचर गर्दै छन्। मंगल ग्रह यस राशिमा २२ मार्च २०२० सम्म रहनेछ। यस पछि यो मकर राशिमा सर्नेछ। यस्तो अवस्थामा, मंगल ग्रहको गोचरको प्रभाव सकरात्मक रहनेछ। तर, यसले अन्य राशिहरुमा भने फरक-फरक प्रभाव पार्नेछ। आउनुहोस्, मंगलको राशि परिवर्तनले, तपाईको राशिमा कस्तो प्रभाव पर्छ भन्ने बिषयमा चर्चा गरौँ।
मेष राशि:
यस गोचरका कारण, मेष राशिका व्यक्तिहरुका आत्मविश्वास बढ्नेछ। कैयौं योजनाहरुमा सफलता मिल्नेछ। राम्रो आर्थिक लाभ हुने पनि देखिन्छ। तर, यस गोचर, परिवारका लागि भने अनुकूल हुने देखिदैन। यस बीचमा परिवारको सदस्यको स्वास्थ्यमा केहि समस्या भने देखा पर्न सक्ला। काममा पनि केहि उतार चढावको सामना गर्नुपर्ने देखिन्छ।
वृष राशि:
आफ्नो स्वास्थ्यमा निकै ध्यान दिनु पर्ने देखिन्छ। यो समयमा चोट-पटक, दुर्घटना वा कुनै पनि प्रकारको शल्यक्रिया हुन सक्ला। सवारी चलाउँदा निकै सावधानी अपनाउनुहोला। धन हानि हुने योग रहेको हुदा, कुनै पनि प्रकारको कारोवार गर्नु अघि निकै ध्यान दिनुहोला। लामो यात्रा गर्दा निकै होस् पुर्याउनुपर्ने देखिन्छ। शत्रुबाट टाढै रहनुहोला।
मिथुन राशि:
यस गोचरका कारण मिथुन राशिका व्यक्तिहरुको विवाहित जीवनमा केहि समस्याहरु देखा पर्न सक्छ। जीवन साथीको व्यवहार परिवर्तन हुने देखिन्छ। आय वृद्धिको पूर्ण सम्भावना रहेको हुदा, यस समयको पुरा लाभ उठाउन सक्नुहुनेछ। त्यसै गरि, जागिर गर्ने व्यक्तिहरुले राम्रो नतीजा प्राप्त गर्नुका साथै पदोन्नती हुने देखिन्छ।
कर्कट राशि:
शत्रुहरुबाट छुट्कारा मिल्नेछ। यस समयमा, आफुले गरेको कामको राम्रो परिणामहरु प्राप्त गर्नुका साथै पुरानो ऋणबाट पनि छुट्कारा पाउने देखिन्छ।आवश्यक कुराका लागि धन खर्च हुनेछ। यात्राको लागि पनि राम्रो योग रहेको छ। बैदेशिक यात्राको सोचमा हुनुहुन्छ भने, यस समय निकै अनुकुल देखिन्छ।
सिंह राशि:
यस गोचरका कारण सिंह राशिका व्यक्तिहरुका कार्य क्षेत्रमा केहि सकारात्मक परिवर्तनहरु देखा पर्नेछ। जागिरको खोजीमा हुनुहुन्छ भने, सफलता प्राप्त गर्ने देखिन्छ। आफ्नो सन्तानका कारण केहि समस्याहरुको भने सामना गर्नुपर्ला। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्नेछ। प्रतिस्पर्धाको दौडमा पनि अग्रस्थान प्राप्त हुनेछ।
कन्या राशि:
यस समयमा आफ्नो परिवारको निकै ध्यान दिनुहोला। काममा निकै व्यस्त हुने देखिन्छ। कार्यक्षेत्रमा सहकर्मी तथा वरिष्ठ अधिकारीहरुसँगको सम्बन्ध बलियो हुनेछ। नसोचेको लाभ मिल्ने पनि पूर्ण सम्भावना देखिन्छ। मिहिनेत गर्दा बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा पनि राम्रै नतिजा हासिल गर्न सकिनेछ।
तुला राशि:
यस समय, तुला राशिहरुको साहस तथा पराक्रम बढ्नेछ। आफ्नो व्यक्तिगत प्रयासको माध्यमबाट जीवनमा निकै सफलता प्राप्त हुने देखिन्छ। सामाजिक कार्यमा मन जानुका साथै मान-सम्मान पनि बढ्नेछ। कार्यक्षेत्रमा पनि राम्रो परिणाम प्राप्त हुने देखिन्छ। आफ्नो स्वास्थ्यमा भने केहि ध्यान दिनु पर्ला।
वृश्चिक राशि:
वृश्चिक राशिका व्यक्तिहरुले यस समयमा, आफ्नो बोलीमा निकै ध्यान दिनु पर्ने देखिन्छ। तीतो शब्दका कारण सम्बन्धमा असर पर्ने देखिएको हुदा, सोच बिचार गरि मात्रै बोल्नुहोला। परिवारका सदस्यहरुमा आफ्नो सम्मान घटेको महसुस होला। तर, धनको हिसाबले, यो समय निकै अनुकूल रहेको देखिन्छ।
धनु राशि:
यस समय, धनु राशिका व्यक्तिहरुमा केहि परिवर्तनहरु देखा पर्न सक्छ। आफ्नो आत्मविश्वासका कारण, कैयौ कामहरुमा सफलता मिल्ने देखिन्छ। धनमाल हराउने तथा ठगीमा परिने योग रहेको हुदा सजग रहनुहोला। स्वास्थमा केहि समस्याहरु देखा पर्न सक्ला। व्यवसाय र उद्योगधन्दामा भने लाभ हुनेछ।
मकर राशि:
यस राशिका व्यक्तिहरुका लागि गोचरले नकारात्मक परिणामहरु दिनेछ। यस समय, खर्चमा अचानक वृद्धि हुनेछ। परिवारमा कसैको स्वास्थ्यमा समस्या देखिनुका कारण, पैसा खर्च हुने देखिन्छ। अनावश्यक यात्रामा सहभागी हुनुपर्ला। शुभचिन्तकहरूलाई साथ लिएर अघि बढ्दा विशेष फाइदा हुने देखिन्छ।
कुंभ राशि:
सरकार तथा राज्य पक्षसँग राम्रो सम्बन्ध बन्नेछ, जसबाट राम्रो लाभ पनि उठाउन सक्नुहुनेछ। काममा सफलता मिल्नुका साथै मान-सम्मान पनि बढ्नेछ। कैयौँ दिन देखि अड्किएको कामहरु सम्पन्न हुनेछ। यस समयमा गरिएको कामले भविष्यमा निकै लाभ उठाउने देखिन्छ। तिर्थ यात्राको लागि पनि शुभ योग रहेको छ।
मीन राशि:
काममा सफलता पाउने देखिन्छ। कार्यस्थलमा सबैले कामको तारिफ गर्नुको साथै यसबाट बिशेष लाभ पनि उठाउन सक्नुहुनेछ। नोकरी तथा राजनीतिमा पनि उत्साहजनक सफलता पाइनेछ। विदेश यात्राको सोचमा हुनुहुन्छ भने यस समयमा प्रक्रिया अघि बढाए लाभदायक साबित हुने देखिन्छ।