आज मंगलबार घट्यो सुनचाँदीको भाउ!

काठमाडौँ, माघ २१ । निकै उतारचढावका बीच कारोबार हुँदै आएको सुनको  मूल्य स्थानीय बजारमा सोमबार स्थिर रहेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्यमा कुनै परिवर्तन आएको छैन । आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार   र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५  हजार ७  सय रहेको  छ ।

सोमबार छापावाला सुनको  ७६ हजार ५ सय र तेजावी सुनको मुल्य ७६ हजार २  सय रुपैयामा कारोबार भइरहेको थियो ।

त्यस्तै आज  चाँदीको मूल्यमा प्रतितोला रु  १० ले गिरावट आएको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु ८ सय ८०  पुगेको छ ।

खपत ओरालो
पछिल्लो समय विश्व बजारमा देखिएको व्यापार द्वन्द्वका कारण सुनको मूल्यमा भारी वृद्धि हुन थालेको हो । अमेरिका–चीन व्यापार युद्ध, अमेरिका–इरान तनाव केही मत्थर भए पनि निष्कर्षमा पुग्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि भएको व्यवसायीको भनाइ छ ।

सुनको मूल्य लगातार उकालो लागेसँगै स्थानीय बजारमा सुनको खपत ओरालो लाग्न थालेको छ । महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६०५:५१

आज पनि घट्यो सुन र चाँदीको मूल्य। हेर्नुहोस्, आजको सुन तथा चाँदीको भाउ