“एमसीसीबारे नबुझेर टिकाटिप्पणी गरिए, विरोध गर्नु अनावश्यक” – प्रदिप ज्ञवाली !

काठमाडौँ – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले एमसीसी बारेमा जनस्तरमा भ्रम सृजना भइरहेको बताएका छन्। मंगलबार गुल्मीको राजधानी सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले एमसीसीबारे नबुझेरै नेपालमा विरोध भइरहेको बताएका हुन्।

एमसीसीलाई लिएर अनावश्यक टिकाटिप्पणीहरु गरिएको प्रति उनको आपत्ति छ। देश र जनतालाई लाभ हुने काम मात्र सरकारले गर्ने र देशको हित विपरित सरकारले कुनै काम नगर्ने उनले स्पष्ट पारे।

“नेपाली जनतालाई लाभ जेमा हुन्छ हामी त्यही अनुसार काम गर्छौं। कसैले पनि अनावश्यक टिकाटिप्पणी गरेर समय खेर फाल्नु हुँदैन्।”,मन्त्री ज्ञवालीले भने।

ठूला देशसँग साना देशले काम गर्दा ठूला देशले साना देशलाई आफूतिर ढल्काउँछ कि भन्ने सोच्नु स्वभाविकै भएता पनि सरकारले त्यस्तो नगर्ने उनको भनाई छ।

“ठूला देशसँग मिलेर काम गर्दा पछि ठूला देशले साना देशलाई आफूतिर ढल्काउँछ कि भन्ने सोच्नु स्वभाविकै हो। तर सरकारले राष्ट्रहित विपरित कदम चाल्दैन्। ढुक्‍क भए हुन्छ।”,उनले भने।

अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न नेकपाले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गरेको बारे बोल्दै मन्त्री ज्ञवालीले अबको दश दिनमा सरकारले ठोस निर्णय गर्ने बताए।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६०६:४०

“दुई वर्षभित्र नेपालको बिजुली बङ्गलादेशले बाल्नेछ”