रोनाल्डोको पेनाल्टी रोक्न सक्छु भन्ने गोलकिपरको यस्तो हालत [भिडियो सहित]

एजेन्सी – आइतबार राति सम्पन्न खेलमा इटालियन सिरी ए मा युभेन्टसले फिओरेन्टिनालाई ३-० ले पराजित गर्यो। युभेन्टसलाई जिताउन रोनाल्डोले पेनाल्टी मार्फत दुई गोल गरे भने माथिस डे लिग्टले पाउलो डीबालाको फ्रिकिकमा गोल गरे।

रोनाल्डोले खेलको ४० औं मिनेटमा पहिलो पेनाल्टी गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । ८० औं मिनेटमा रोनाल्डोले पहिलो पेनाल्टी गोल गरेकै दिशामा गोल गर्दै युभेन्टसलाई जित तर्फ अगाडी बढाएका थिए।

दुवै पेनाल्टीमा रोनाल्डो नाचुकेपछि फिओरेन्टिनाका गोलरक्षकको दावी गलत सावित भएको छ। खेल हुनुभन्दा अगाडी फिओरेन्टिनाका गोलरक्षक ड्रयागोस्कीले रोनाल्डोको पेनाल्टी शैली बारे अध्ययन गरिसकेको र उनको पेनाल्टी रोक्न सक्ने अभिव्यक्ति दिएका थिए। तर, दुवै पेनाल्टीमा रोनाल्डो सफल भएपछि गोलरक्षक ड्रयागोस्कीको दावी गलत सावित हुन पुग्यो।

“मैले रोनाल्डो कसरी खेल्छन् र कसरी प्रहार गर्छन् भन्ने बारे अध्ययन गरिसकेको छु। उनी कसरी पेनाल्टी हान्छन् अहिले भन्दिन, भनिहालें भने उनले पेनाल्टी हान्ने शैली परिवर्तन गर्नेछन्।”,खेलअगावै ड्रयागोस्कीले एक मिडियामा भनेका थिए।

रोनाल्डोको पहिलो पेनाल्टी बारे ड्रयागोस्कीको अनुमान सहि पनि थियो। तर, उनले पेनाल्टी जोगाउन भने सकेनन्। यधपी दोस्रो पेनाल्टी बारे भने उनको अनुमान गलत सावित भयो। रोनाल्डोले पेनाल्टी प्रहार गर्ने दिशा अनुमान गर्न सक्छु भन्ने ड्रयागोस्की दोस्रो पेनाल्टीमा गलत सावित हुन पुगे।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६०७:२५

आज रोनाल्डोको जन्मदिन: कति वर्ष लागे ? यस्तो छ रोनाल्डो बारे केहि तथ्यहरु ! [जानकारी सहित]