कोरोना वायरस संक्रमित महिलाले जन्माइन स्वस्थ बच्चा, भयो नयाँ खुलाशा।

उत्तरपूर्वी चीनको ‘हिलोंगजीयांग’ प्रान्तमा कोरोना वायरस संक्रमित एक महिलाले, स्वस्थ बच्चालाई जन्म दिएकी छिन्। यो जानकारी सोमबार मीडिया रिपोर्टमा दिइएको थियो।

रिपोर्टका अनुसार, यस महिला ३८ हप्ताको गर्भवती हुदा कोरोना वायरसबाट संक्रमित भएकी थिईन्। ‘हारबिन’ शहरको सरकारी अस्पतालका उपाध्यक्ष ‘ना हुई’ ले पत्रकारहरुलाई भनेका अनुसार, डाक्टरहरूले महिलाको सिजेरियन शल्यक्रिया गरेका थिए  र यसरी जन्मेको बच्चा स्वस्थ पाइएको छ’।

यस शिशुको दुई पटक कोरोना भाइरसको परीक्षण गरिएको थियो, जुन अहिलेसम्म नकारात्मक नै पाइएको छ। बिहीबार, यस महिलालाई हल्का ज्वरो आएको थियो, जुन आइतबार सामान्य भयो।

अहिले दुबै आमा र बच्चा स्वस्थ छन्। यी दुई आमा छोरीलाई छुट्टै वार्डमा राखिएको छ। डाक्टरहरूले उनको अवस्थालाई कडा निगरानीमा राखेका छन्।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६०८:५८

“मन्त्री बास्कोटा सरकारको प्रवक्ता हुन लायक छैनन्, नैतिकरुपमा राजिनामा दिनुपर्छ” [भिडियो]