भोलि माघ २२ गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाईको  दिन समाधानकारी व्यवहारले अपनाउदा संघर्ष हुदैन । लेखक र कलाकारको लागि  समय अनुकूल रहेको छ मध्यान्नपछि चिन्ता वृद्दि हुनेछ । संवेदनशीलता  वृद्धि हुनेछ ।  परिवारसँग  समय आनन्दपुर्वक  बित्नेछ ।

वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)

महत्वपूर्ण कार्य पूर्ण हुनेछ । धन लाभ होला । शारीरिक र मानसिक रूपबाट उत्साह रहनेछ । परिवारसँग समय आनन्दपुर्वक बित्नेछ । मध्पयान्नपछि व्यवहारिक निर्णयमा दुविधा बढ्नेछ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

घरमा परिवार तपाई प्रति विरोधी बन्नेछन् । कार्य प्रारम्भ गरेपछि अपुरो रहनेछ  । शारीरिक अस्वस्थता र मानसिक व्यग्रताको अनुभव हुनेछ। मध्यान्नपछि कार्यको उत्साह बढ्नेछ । पारिवारिक वातावरणमा अनुकूलता रहनेछ र  आत्मविश्वास वृद्धि हुनेछ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

व्यापारमा  लाभको  योग रहेको छ । कुनै रमणीय स्थलमा घुम्न जानुहुनेछ । मध्यान्नपछि शारीरिक र मानसिक स्वास्थ्य बिग्रिन सक्ला । आँखाको रोगको कारण कष्ट हुनेछ । परिवारमा खर्च हुनेछ ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

 नयाँ  कार्नय गर्नको लागि शुभ दिन रहेको छ । अपूर्ण कार्य पूर्ण हुनेछ  । मित्र र प्रेमीको तर्फबाट उपहार मिल्नेछ । व्यपारको  क्षेत्रमा नयाँ सम्पर्कले भविष्यमा लाभ हुनेछ । परिवार  र मित्रसँग आनन्ददायी क्षण बित्नेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

स्वास्थ्यमा ध्यान राख्नुहोला  र टाढा बस्ने  प्रेमीबाट शुभ समाचार प्राप्त हुनेछ । मध्यान्नपछि  कार्यालयमा उच्च  अधिकारीको  सहयोग मिल्नेछ । गृहस्थको  सुख र सन्तोषको भावनाले मनमा रहनेछ । व्यवसाय पदोन्नतिबाट लाभ हुनेछ  ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

शिथिलता एवं अधिक कार्यभार कारण मानसिक व्याकुलताको अनुभव हुनेछ । निर्धारित समयमा तपाई आफ्नो कार्य पूर्ण गर्नुहुनेछ ।  मध्यान्नपछि प्रेमीको तर्फबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ । नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन उत्साह रहेको छ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

शारीरिक उर्जा र मानसिक प्रफुल्लितता बनिरहनेछ । परिवारसँग र मित्रसँग  खान-पानको स्वाद लिनुहुनेछ  । मध्यान्नपछि तपाई  शारीरिक शिथिलता र मानसिक व्यग्रता अनुभव गर्नुहुनेछ । मध्यान्न पछि खानपानमा पनि ध्यान राख्नुहोला  ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईको दिन आनन्दपूर्ण र उत्साहपूर्ण बित्नेछ । तपाईको  कार्य योजनानुसार सम्पन्न हुनेछ । अपूर्ण कार्य पूर्ण हुनेछ । धन सम्बन्धित लाभ होला । गृहस्थजीवनमा मधुरता बनिरहनेछ । आकस्मिक धनलाभको  योग रहेको छ ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

परिश्रम अपेक्षा कम फल  मिल्नेछ  । अन्य मान्छेसँग सुरुचिपूर्ण व्यवहार गर्नुहुनेछ  । स्वास्थ्य  राम्रो रहनेछ  । मध्यान्नपछि अधुरो कार्य पूरा हुनेछ । अस्वस्थ व्यक्तिको स्वास्थ्य राम्रो हुनेछ । आर्थिक लाभ होला  ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

विद्यार्थी, कलाकार र  खेलाडीको दिन राम्रो रहेको छ । पिता तथा सरकारको तर्फबाट लाभ हुनेछ । मनोबल पनि तपाई को दृढ रहनेछ ।  पठन-लेखनको  क्षेत्रमा तपाईको अभिरुची बढ्नेछ । धन सम्बन्धित व्यवस्थित योजना गर्नुहुनेछ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

तपाई काल्पनिक दुनियामा समय बिताउनु हुनेछ  । परिवार  र मित्रसँग खानपान गर्नुहुनेछ । दैनिक कार्य पनि  आत्मविश्वास र एकाग्र मनबाट पूर्ण गर्नुहुनेछ  । विधार्थीको लागि विद्याभ्यास हेतु समय राम्रो रहेको छ ।
प्रकाशित : मङ्गलबार, माघ २१, २०७६१४:१७

भोलि माघ २३ गते बिहिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !