बन्धक बनाएर छोरीलाई पटक-पटक करणी, बुबा पक्राउ !

काठमाडौँ – छोरी करणी आरोपमा प्रहरीले पर्साबाट एक पुरुषलाई पक्राउ गरेको छ। १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले पर्साका ४० वर्षीय पुरुषलाई पक्राउ गरेको हो।

आफ्नै पिताले बन्धक बनाई करणी गरेको भन्दै किशोरी प्रहरी चौकी आइपुगे र त्यस लगतै पितालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ।

बताइएअनुसार पिडित किशोरी एक्लै प्रहरी चौकी पुगेकी थिइन्। इलाका प्रहरी कार्यालय पोखरीयाका अनुसार आरोपी पितालाई मंगलबार बिहान ९ बजे पक्राउ गरिएको थियो।

आफूलाई बुवाले घरमा बन्धक बनाएर करणी गर्दै आएको किशोरीको आरोप छ। पीडित किशोरीका अनुसार उनलाई गत शुक्रबारदेखि घरभित्र बन्धक बनाएर आफ्ना बुबाले करणी गरेका थिए।

मङगलबार बिहान बुबा गाँउका एक व्यक्तिको मलामी गएको मौका छोपी भागेर प्रहरी चौकी सम्म पुगेको पिडित किशोरीको भनाई छ। पिडित किशोरी आरोपितकी कान्छी श्रीमतीपट्टीकी छोरी हुन्।

पक्राउ गरेलगतै उनी माथि अनुसन्धान थालिएको प्रहरीको भनाई छ। आरोपित पितालाई इलाका प्रहरी कार्यालय पोखरीयाले जिल्ला प्रहरी कार्यालय पर्सा पठाइसकेको छ।

आरोपित र आरोपी दुवैलाई प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलमा राखेर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६१०:४९

ओलीको ठोकुवा – “नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धि दिन सक्दैन”