कान दुखेर सहनै नसकेपछि अस्पताल पुगे, एन्डोस्कोपी गर्दा जे देखियो डाक्टर समेत चकित परे !

एजेन्सी – अबू धाबीको गर्मी छल्न एक ३८ वर्षीय पुरुष स्थानीय समुद्र तट पुगेका थिए। समुन्द्रमा रमाउँदा-रमाउँदै एक्कासि उनको कान दुख्न थाल्यो।

कानमा केहि पसेको अनुभव भएपनि उनी नजरअन्दाज गर्दै समुन्द्रमा रमाउने प्रयास गर्दै थिए। पिडा सहनै नसकिने भएपछि उनी तुरुन्तै अस्पताल तर्फ हानिए।

अस्पताल पुगेपछि उनले आफ्नो कान भित्र केहि रहेको बताए। तत्कालै डाक्टरहरुको उनको कान जाँच्न तर्फ लागे। एन्डोस्कोपको सहायताले कान भित्र हेर्दा त्यहाँ जे देखियो, त्यसले डाक्टरहरुलाई समेत चकित बनायो।

खासमा, ती व्यक्तिको कान भित्र बच्चा गँगटो थियो। कान भित्र गँगटो रहेको उनीहरुले ती पुरुषलाई बताएनन्। डाक्टरहरुको टोलिले ठूलो प्रयास पछि बाहिर निकाले। आफ्नो कान भित्रबाट गँगटो निक्लिएपछि ती व्यक्ति समेत चकित परे।

“म समुद्र तटमा थिएँ, जब अचानक यस्तो महसुस भयो कि मेरो कानमा केही छ। के छ भन्ने मलाई थाहा थिएन। कान दुखेर सहनै नसकेपछि म तत्काल अस्पताल तर्फ हानिएँ।”,नाम नखुलाइएका ती व्यक्तिले गल्फ न्यूजलाई भने,”मेरो कान भित्र गँगटो होला भनेर मैले सोचेको नै थिइन।”

“गँगटोले मेरो काननै ध्वस्त गर्न सक्थ्यो। तर, डाक्टरहरुले त्यसो हुन दिएनन्। म डाक्टरहरु प्रति आभारी छु।”,डाक्टरहरुलाई धन्यवाद दिँदै उनले भने।

मारिना मल्ल, बुर्जील एमएचपीसीका ओटोलारिंगोलजी विशेषज्ञ डाक्टर प्रबीर पलले घटनाको पुष्टि गर्दै ती व्यक्ति धेरै भाग्यमानी भएको बताए। गँगटोले भित्रि कानमा कुनै क्षति नपुर्याएको प्रति उनले खुशी व्यक्त गरे।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६१३:४७

उठबस गर्नु यति धेरै फाइदा, अमेरिकाका स्कुलमा पनि गराउन थालियो उठबस