के तपाई जाडोमा तातो पानीले नुहाउनु हुन्छ? यी कुराको दिनुहोस ध्यान,नत्र हुनेछ खतरा!

जाडो सुरु हुने बितिक्कै प्राय सबै मानिसहरु तातो पानीले नुहाउन सुरु गर्छन् । तातो पानीले नुहाउनुको मज्जा र फाइदा छुट्टैछ । साथै  तातो पानीले शरीरलाई तातो बनाउँछ र शरीरलाई स्ट्रेस रिलीफ पनि दिन्छ ।

जाडोमा धेरै मानिस लामो समयसम्स नुहाउछन्  तर के तपाईलाई थाहा छ जसले तपाईलाई समस्या निम्त्याउछ । तातो पानीले शरीरको मोइस्चराइजरलाई टाढा राख्छ ।  यदि लामो समयसम्म नुहाउनु भयो भने हाम्रो छालामा भएको नेचुरल मोइस्च्राइजरलाई पनि कम गर्छ ।

जब हाम्रो छाला सुक्खा हुन्छ  तब छाला फुट्न थाल्छ । छाला फुट्नुको  कारण वातावरणमा रहेको  ब्याक्टेरिया पनि हो । त्यसै कारण  इंफेक्शनको खतरा बढ्छ ।

रिसर्चको  अनुसार  यदि कुनै व्यक्ति ३० मिनेटभन्दा धेरैसमय  तातो पानीले नुहायो भने  उसको  प्रजनन क्षमतामा असर पर्न सक्छ। तातो पानीले अनुहार कहिले पनि नधुनुहोस्, जस कारण पोर्स ठुलो हुन्छ  । साथै छालाको मोइस्राइजरलाई  पनि खराब गर्छ । तातो पानीले कपाल धुनाले कपाल धेरै रुखो र झर्ने समस्या उत्पन्न हुन्छ । त्यसैले तातो पानीले १० देखि १५ मिनेट भन्दा धेरै ननुहाउनुहोस्  र नुहाएपछि शरीरमा  मोइस्चराइजर लगाउनुहोस  ।

प्रकाशित : बुधबार, माघ २२, २०७६०९:४०

जाडोमा फुटेको कुर्कुच्चाको यसरी गर्नुहोस घरमै उपचार, हुनेछ नरम र मुलायम!