चीनमा रोकियो हलिउड फिल्म ‘जोजो र्याबिट’ को प्रिमियर!

चीनमा अहिले कोरोना भाइरसको महामारी फैलिएको छ  । यस भाइरसलाई रोक्न चिन सरकारले सकेसम्म प्रयास गरिरहेको छ । साथै मानिसहरु यस  संक्रमणलाई रोक्नको लागि सतर्कता अपनाईरहेका छन्  ।

कोरोना भाइरसले त्यहाँको मनोरंजन  जगतमा पनि असर गरेको छ । चिनमा हलिउड  फिल्म ‘जोजो र्याबिट’  को  प्रीमियर पनि हाल रोकिएको छ  । यो कदम यस  संक्रमणलाई  रोक्नको लागि उठाईएको हो ।  वास्तवमा  ‘जोजो र्याबिट’ २०१९ को  अमेरिकन कमेडी-ड्रामा फिल्म हो । यो  क्रिस्टीन लेयन्सको  किताब कैजिंग स्काईजमा  आधारित रहेको छ  । फिल्मको  निर्देशन र लेखन वेटिटीद्वारा गरिएको छ । यो  फिल्म अस्कर २०२० कोथुप्रै   श्रेणीमा नामांकित गरिएको छ ।

यस समय चीनका सम्पूर्ण सिनेमा हाल ठप्प भएको छ । फिल्मदेखि टिभी  प्रोडक्शन अनिश्चितकालको लागि रोकिएको छ । देशको  अधिकांश भागमा १० फेब्रुअरीसम्म चिनियाँ नयाँ वर्षको बिदा रहेको छ । चिनियाँ निवासी अधिकांश जस्तो आफ्नो घर भित्र  नै बस्छन् र निकै जरुरी सामानको लागि मात्रै बाहिर निस्कन्छन्। जसकारण चिनमा व्यपारमा पनि घाटा भएको छ ।

अस्कर पुरस्कारको दावेदारमध्ये एक  ‘जोजो र्याबिट’ को १२ फेब्रुअरीको रिलीज तारिख अहिले स्थगित गरिएको छ।  यसका साथै फेब्रुअरी र मार्च महिनामा सम्पन्न हुने  लाइव म्यूजिक शो स्थगित गरिएको छ । थुप्रै  विदेशी म्यूजिक समूहले  अहिले चीनको यात्रा गर्न रोकेका छन्  ।

प्रकाशित : बुधबार, माघ २२, २०७६०८:३२

महिला भलिबल विश्व वरियता सार्वजनिक: नेपाली महिला भलिबल टोलीले यति स्थानमा !