‘सारङ्गी साँझ’मा नेकपा ब्याण्ड: ओली बाँसुरी बजाउने, माधव नेपाल र झलनाथ खनाल सारङ्गी बजाउने !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी भएका छन् छ । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उनी सहभागी भएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाएको कला प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिए । ‘‘पहिले उनले एक्लै सारङ्गी बजाउनुभएको थियो’’, डा नेपालले भने, ‘‘त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।’’

डा नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन सो अवसरमा बजाइएको थियो ।

नाट्य प्रष्ठिानका करिब ३० कलाकारले विभिन्न बाजाको धुन बजाएका थिए। धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गरेका हुन्।

प्रकाशित : बुधबार, माघ २२, २०७६०३:३६

उडिरहेको विमानमा महिलालाई व्यथा लागेपछि…