जाडोमा फुटेको कुर्कुच्चाको यसरी गर्नुहोस घरमै उपचार, हुनेछ नरम र मुलायम!

जाडोमा छालाले छिट्टै ओसिलोपन गुमाउछ जसकारण खुट्टा फुट्ने समस्या हुन्छ  । यदि तपाईलाई जाडोमा यस  प्रकारको समस्या छ भने आज हामी तपाईलाई बताउछौ कि  कसरी छालालाई मुलायम र नरम बनाउन सकिन्छ  ।  फुटेको ठाउँ अरु ठाउँ भन्दा कडा र रुखो हुन्छ । जब तपाई हिड्नुहुन्छ तब खुट्टामा बढी बल पर्छ, जसले गर्दा छाला छिट्टै फाट्न थाल्छ ।

खुट्टा फुट्नबाट बच्नको लागि मनतातो पानिमा खुट्टालाई भिजाउनुहोस्,  त्यसपछि मुलायम बनाउनको लागि क्रिम अर्थात् मोस्चराइजर लगाउनुहोस्  ।

हिल बाम प्रयोग गर्नुहोस्:

फुटेको खुट्टाको ख्याल राख्न र यसबाट छुटकारा पाउनको लागि हील बामको प्रयोग गर्नुहोस्।  यस बाममा यस्तो तत्व  रहेको हुन्छ  जसले  मृत त्वचालाई निकाल्छ  र छालालाई नरम बनाउछ  । साथै तपाईले बिहान उठेर हिल बाम लगाएर  मोजा लगाउदा पनि हुन्छ । यसलाई दिनको दुई तीन पटक लगाउनुहोला ।

नरिवल तेल प्रयोग गर्न सकिन्छ:

नरियलको  तेल रुखो  त्वचा, एक्जीमाको लागि निकै राम्रो हुन्छ । यसको प्रयोग गर्नाले छाला नरम हुन्छ।  कुर्कुच्चा भिजाएर  मृत त्वचा निकालेपछि  कुर्कुच्चामा नरियलको तेल लगाउनुहोस्  । यदि तपाईको फुटेको कुर्कुच्चाबाट रगत आउँछ भने  नरिवलको तेलमा इन्फ्लेमेशन कम गर्ने  गुण र एन्टिमिक्रोबायल गुण पनि पाईन्छ ।

प्रकाशित : बुधबार, माघ २२, २०७६१२:१३

‘नेपालमा कोरोना भाइरस छैन, दुक्कसंग भ्रमण गर्नुहोस्’