दक्षिणढोकाको कपास उधोगमा भिषण आगलागी, नियन्त्रण बाहिर आगो!

काठमाडौँ, माघ २२ । चावहिल दक्षिणढोकास्थित (नारायणटार नजिक) कपास उधोगमा भिषण आगलागी भएको छ । आगो निभाउने कार्य भईरहे पनि आगो अझै नियन्त्रण बाहिर छ ।

तस्विर: राजीव आचार्य/नविन कार्की

एक विधेयक पेश
प्रदेश नं ५ को प्रदेशसभामा वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज पेश भएको छ । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सो विधेयक प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो । यसअघि प्रदेशसभाको विशेष समयमा विभिन्न विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभाका सदस्य बाबुराम गौतमले जमीनको पुर्जा वितरण गर्ने अधिकार कुन तहलाई हो ? भन्ने प्रश्न गर्दै भूमिको पुर्जा वितरण गर्ने पनि हो कि बोर्ड मात्रै झुण्ड्याउने हो भन्नुभयो । अर्का सदस्य कल्पना पाण्डेले प्रदेशसभाको स्थापना दिवसमा राजपालाई अवमूल्यन गरेको गुनासो गर्नुभयो । अर्का सदस्य सन्तोष पाण्डेले कोरोना भाइरस नियन्त्रणका लागि भारतसँग जोडिएको सीमा क्षेत्रमा स्वास्थ्य ‘डेस्क’ स्थापना गर्न माग गर्नुभयो ।

प्रकाशित : बुधबार, माघ २२, २०७६११:४३

नारायणगढ–गोन्द्रङ सडक ६ लेन बनाइने !