श्रीमानको अगाडि श्रीमतीले भुलेर पनि गर्न हुँदैन यी काम !

काठमाडौ । हाम्रो जस्तो पुरुष प्रधान देशमा समाजको धर्म ,सस्कृति र परम्परा अनुसार बनाएका केही मान्यताहरु रहेको छ । त्यस्तै ज्योतिश शास्त्री र वास्तुशास्त्रीहरुको पनि आफ्नो किसिमको मान्यताहरु रहेको छ । त्यसै अनुसार हाम्रो समाजमा यिनीहरुले विभिन्न बन्धनहरु बनाएका छन् । त्यसमा पनि केही सस्कारहरु रहेका छन् । जुन विज्ञानले समेत मानेको छ ।

त्यसैले यी दुवैले मानेको र आवश्यकता अनुसार श्रीमान र श्रीमतीको राम्रो सम्बन्ध बनाउनको लागी श्रीमतीहरुले यी तल दिइएको कुराहरु गर्न जरुरी छ । यदि तपाई पनि त्यस्तै राम्रो दाम्पतीय जीवन विताउन चाहनुहुन्छ भने श्रीमतीहरुले यसो गर्नुस् ।

-सुरुवातमा श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नुहोस् र सधै नम्र भएर बोल्ने बानीको विकास गर्नुस् । र आफ्ना मुड अनुसार भुलेर पनि कहिल्यै कुरा नगर्नुहोस् ।

-त्यसैगरी दोस्रोमा आफ्नो श्रीमानलाई अरुको श्रीमानसँग तुलना गर्ने र श्रीमानको साथीको बारेमा पनि नराम्रो कुरा नगर्नुहोस् ।

-त्यस्तै तेस्रोमा उसले तिमीसँग विहे गरेको भन्ने कुरा र पसिना ख्याल सधै ख्याल राख्नुहोस् ।

-चौथो कुरा भनेको कुनैदिन श्रीमान कामबाट खाली हात घर आए, उसलाई गाली नगर्नुहोस् । त्यसका साथै मायालाई पैसासँग भुलेर पनि तुलना नगर्नुस ।

-त्यस्तै छैटौ कुरा भनेको घर परिवार वा साथीहरुसगँ रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिर्नुपर्छ । त्यसैगरी श्रीमान र आफ्नो कामको भुलेर पनि तुलना नगर्नुहोस् ।

-त्यस्तै अर्को कुरा भनेको बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नुस् ,यसले बच्चाको दिमागमा असर गर्छ । र एउटा कुरो घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नुस् ।

-त्यस्तै आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनुका साथै शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार कहिल्यै नगर्नु नै राम्रो हुन्छ । र आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नुस् ।तर यो कार्यमा महिलाले मात्र होइन दवैले ख्याल गर्नुपर्छ ।

प्रकाशित : बुधबार, माघ २२, २०७६१२:००

सीएफएल चिम प्रयोग गर्दा रहनुहोस् सावधान, सतर्कता नअपनाउँदा ज्यानै जान सक्छ !