काठमाडौ । नेपालमा अहिले पनि काठमाडौ बाहेक केही ग्रामिण क्षेत्रहरुमा बिजुली बत्तीको सुविधा छैन् । तर केही मानिसहरु भने प्रविधिको विकासले जमना कहाबाट कहा पुगिसक्यो भन्छन् । किनभने काठमाडौ आसपासका जिल्लामा बस्ने मानिसहरु भने यसको पहुचमा छन् । तर काठमाडौमा पनि केही समय अगाडि लोडसेडिङको समस्या थियो । तर अहिले २४ सै घण्टा झिलिमिली सहर भएको छ ।
त्यसैकारण हामी धेरैले हाम्रो घरमा सस्तो ,सजिलो र टिकाउका लागी सेएफएलका चिमहरु बालिरहेका छौ । तर बेलाबेलामा यही बत्ती बालेका कारण कति मानिसहरुको मृत्यु भयो भन्ने खबरहरु समाचारहरुमा आउछन् । किनभने यो सबै सेएफएल चिम र त्यसलाई कसरी चलाउने भन्ने कुरा थाहा नपाएर हो । यदि तपाईहरुले सेएफएल चिम वा विजुलीको काम गर्दा यी तरिका अपनाउनुभयो भने तपाईको ज्यान पनि बच्छ र उज्याले पनि प्राप्त हुन्छ । हेर्नुस्
-पहिलो तरिका हो , यदि तपाईको घरमा बालेको सेएफएल केहि कारणबस जल्यो भने तुरून्त अर्को नफेर्नुस । किनभने ज्यानको खतरा हुन्छ । केही समय सेलाएपछि मात्र फेर्नुहोला ।
-त्यसैगरी दोस्रो तरिका हो ,यदि कारणबस सेएफएल चिम फ्टयो भने पनि खतरा हुन्छ । यदि यस्तो भएमा घरमा भएका पंखा तथा एसी बन्द गर्नुपर्छ । किनभने यसका धुलाहरु उडाएर लगेर तपाईका आखाँ तथा हात खुट्टामा बिज्छ ।
त्यसै तेस्रो तरिका हो , यदि फुटेर झरेका चिमका टुक्राहरू सफा गर्दा तपाइको मुख सफा रूमाल या मास्कले छोप्नुपर्छ भने सिसाका टुक्रा टिप्दा पन्जा लगाउनुपर्छ । र चिमका टुक्राहरु टिपिसकेपछि हात र खुट्टा साबुन पानीले धुनुपर्छ । र केही कारण चाेटपटक लागेमा अस्पतालमा जानुहोस् ।