गर-गहना भने पछि किन हुरुक्कै हुन्छन् महिलाहरु ? यस्ता छन् गर-गहनाका फाइदा !

काठमाडौँ, महिलाको सिङ्गार भनेको नै गरगहनामा हुने गर्छ । त्यसकारण महिलाहरुले आफुलाई सुन्दरी बनाउनको लागि सुन, चाँदिका विभिन्न किसिमका गरगहनाहरु लगाउने गर्छन् । तर हिन्दु संस्कारअनुसार विवाह गर्दा महिलाले अनिवार्य रुपमा गरगहना लगाउनुपर्ने चलन रहेको छ ।

हिन्दु परम्परा अनुसार गरिने शुभ कार्य विवाह, पार्टीमा महिलाले गरगहना लगाएर सजिनुलाई शुभ मानिन्छ । धार्मिक परम्परासँग जोडिएर लगाएको गरगहनामा वैज्ञानिक कुराहरु पनि जोडिएका छन् । विभिन्न किसिमको रत्न वा गहना लगाउनु स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको बताइएको छ । महिलाहरुले शरिरमा लगाउने रत्न वा गरगहनाको बारेमा गरिएको अनुसन्धानमा गहनाले छालामा गरेको स्पर्शले शरिरमा राम्रो प्रभाव पर्ने देखिएको छ ।

चाँदीकोगहना : चाँदीको गहना लगाउँदा चाँदीको गुण रगतसम्म पुग्ने भएकाले यसले उच्च रक्तचापको समस्यालाई कमी गर्छ । चाँदीको गहना लगाउनाले हड्डीहरुलाई मजबुत बनाउनुको साथै शरिरको दुखाइलाई पनि कम गर्छ ।

सुनका गहना  : सुनको गहनाले बढ्दै गएको उमेरलाई कम गर्न मद्दत गर्छ । सुनको गहना लगाउनाले मानिसलाई जवान बनाउन सहयोग गर्ने वैज्ञानिकहरुको अनुसन्धानले देखाएको छ । सुनमा हुने एन्टी इंफ्लामेन्ट्री गुणले शरिरको रुप रंगमा निखार ल्याउँछ ।

तामाको गहना  : तामाको गहना लगाउदा तामामा हुने शक्तिले जोर्ने दुख्ने समस्यालाई कम गर्छ ।

मोतीको गहना  : मोतीको गहना लगाउनाले उच्च रक्तचापलाई कम गर्नुको साथै भावनात्कम सन्तुलन कायम राख्न पनि मोतीले सहयोग पुर्याउँछ ।

प्रकाशित : बुधबार, माघ २२, २०७६१२:१०

१८३ जना सवार विमान अवतरण गर्दा चिप्लिएर टुक्रा-टुक्रा भयो ! [भिडियो सहित]