बालुवाटार जग्गा प्रकरण: १७५ जनाविरुद्ध मुद्दा ! गच्छादार सहित को-को परे ? [नामावली सहित]

काठमाडौँ – बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणको अनुसन्धान पश्चात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकाहरुमा पूर्व उपप्रधानमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदार पनि छन्। उनका अलावा ३ पूर्वमन्त्री र बस्न्यातसहित ३ जना पूर्वसचिव समेत छन्। जसमध्ये चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ पनि छन्।

पूर्व सचिवहरु दिनेशहरि अधिकारी, दिप बस्न्यात, छबिराज पन्त, भाटभटेनीका मालिक मिनबहादुर गुरुङ, डम्बर श्रेष्ठ, शोभाकान्त ढकाल सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अनुसन्धान अधिकृत अच्युतमणि न्यौपाने नेतृत्वमा अख्तियारले गरेको अनुसन्धानका क्रममा दोषी पाइएका १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको बताइएको छ।

प्रकाशित : बुधबार, माघ २२, २०७६१३:०६

कांग्रेस नेता विजयकुमार गच्छदार सांसदबाट निलम्वित !