कांग्रेस नेता विजयकुमार गच्छदार सांसदबाट निलम्वित !

काठमाडौँ – नेपाली कांग्रेसका सांसद विजयकुमार गच्छदार प्रतिनिधि सभा सांसदबाट स्वतः निलम्वित भएका छन्।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि उनी सांसदबाट स्वतः निलम्वित भएका हुन्।

तत्कालीन भौतिक पूर्वाधार मन्त्री हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा पास गरौं मुख्य भूमिका खेलेको आरोपमा अख्रियारले मुद्दा दायर गरेसँगै गच्छदार सांसदबाट स्वतः निलम्वित भएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पदमा रहेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेपछि अन्तिम किनारा नभएसम्म स्वत: निलम्बन हुने व्यवस्था छ। जसअनुरुप उनी स्वतः निलम्वित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न संलग्न रहेको आरोपमा १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गच्छदारका अलावा ३ पूर्वमन्त्री र बस्न्यातसहित ३ जना पूर्वसचिव समेत छन्। जसमध्ये चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ पनि छन्।

पूर्व सचिवहरु दिनेशहरि अधिकारी, दिप बस्न्यात, छबिराज पन्त, भाटभटेनीका मालिक मिनबहादुर गुरुङ, डम्बर श्रेष्ठ, शोभाकान्त ढकाल सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

अनुसन्धान अधिकृत अच्युतमणि न्यौपाने नेतृत्वमा अख्तियारले गरेको अनुसन्धानका क्रममा दोषी पाइएका १७५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको बताइएको छ।

प्रकाशित : बुधबार, माघ २२, २०७६१३:१४

भाइरल रोग गाउँभरी फैलियो, दुई जनाको मृत्यु !