आज यस्तो छ सुन-चाँदीको मूल्य !

महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार २ सय रुपैया तोकेको छ र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९ सय रुपैया तोकेको छ। बुधबार छापावाला सुन प्रतितोला रु ७६ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ७ सयमा खरिद बिक्री भएको थियो ।

निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय पुगेको थियो ।

त्यसै गरि,आज चाँदीको मूल्य प्रतितोला ८ सय ७५ रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय अमेरिका र इरानमा देखिएको तनाव र चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ ।

महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ।

प्रकाशित : बिहिबार, माघ २३, २०७६०५:५९

फेरी बढ्यो सुन र चाँदीको मूल्य। हेर्नुहोस्, आजको सुन तथा चाँदीको भाउ