गच्छदारविरुद्ध मुद्दा दायर भएपछि काँग्रेसमा भूकम्प, बिहानै देखि आकस्मिक बैठक !

काठमाडौँ – अख्तियार दुरूपायोग अनुसन्धान आयोगले बालुवाटारको ललितानिवास प्रकरणमा तत्कालीनरूपमा भौतिक योजना मन्त्रालय सम्हालेका विजयकुमार गच्छदार विरुद्ध मुद्दा चलाएपछि कांग्रेसमा एक प्रकारले भूकम्पनै गएको छ।

गच्छदार विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएसँगै नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठकमा जुटेको छ। कांग्रेस बिहिबार बिहान १० बजेबाटै बैठकमा जुटेको हो।

काँग्रस नेताहरु बिहान १० बजेबाट पार्टी कार्यालय सानेपामा छलफलमा जुटेको पार्टी श्रोतले जनाएको छ। बैठकमा कानुुन व्यवसायीहरु समेत सहभागी भएको बताइएको छ।

बुधबार अख्तियार दुरूपायोग अनुसन्धान आयोगले बालुवाटारको ललितानिवास प्रकरण दोषी पाइएको आरोपमा विजयकुमार गच्छदार सहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल र बालुवाटारको सरकारी जग्गा किन्ने नेकपा महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएको भन्दै कांग्रेस नेताहरुले विरोध जनाइरहेका बेला कांग्रेस आकस्मिक पदाधिकारी बैठकमा जुटेको छ।

प्रकाशित : बिहिबार, माघ २३, २०७६०६:००

लुम्बिनी प्रादेशिक अस्पतालमा डोजर चल्यो, ७३ सटर भत्काइए !