काठमाडौँ – राष्ट्रियसभा सदस्य कालीबहादुर मल्लले महाशिवरात्रीको नाममा पशुपति क्षेत्रमा हुने विकृति रोक्न माग गरेका छन्।
बिहिबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर मल्लले धर्म र संस्कृति भन्दै महाशिवरात्रीमा गर्ने नहुने कार्यभइरहेको प्रति सरकारको ध्यानाकर्षण गराए।
नेपालको पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको अवसर पारेर भारतबाट तथा नेपालका विभिन्न स्थानबाट आउने शिवभक्त नागाबाबाहरूले विकृति फैलाउने गरेको मल्लले बताए।
महाशिवरात्रीमा नेपाल आउने नागाबाबाहरूले नि-र्वस्त्र भई अ-श्लिल क्रियाकलाप गर्नुलाई सामान्य मान्न नसकिने उनको तर्क छ। संस्कृतिसँग जोडेर सभ्यतालाई नै गिज्याउने यस्ता कार्य सरकारले नियन्त्रण गर्नुपर्ने उनले माग गरे।
“नागाबाबाहरूलाई भगवान मान्ने भए गरिवीले वस्त्र लगाउन नसक्नेलाई भगवान माने भइगो”,उनले भने,”नागाबाबाहरूले तहल्का मच्चाउनु हाम्रो सभ्यतालाई चुनौती हो।”
यस्तै मल्लले महाशिवरात्रीमा प्रतिवन्धित वस्तुहरुको खुल्लम-खुल्ला प्रयोग बारे पनि सरकारको ध्यानाकर्षण गराएका छन्। महाशिवरात्रीको नाममा प्रतिवन्धित गाँ-जा खाने र खुवाउने कार्य पनि तत्काल रोक्न उनले सरकारको ध्यानकर्षण गराए।
“की सबैलाई खुल्ला गरिनुपर्यो। नत्र भन्ने महादेवको नाममा विकृति फैलाउने कार्य बन्द होस्”,उनले भने,”भगवान न ढुंगामा हुन्छ, न काठमा हुन्छ, न त मूर्तिमै। भगवान हामी भित्रै हुन्छ।”