स्पेसवाक गर्ने विश्वकै पहिलो महिला अन्तरिक्ष यात्री एक वर्षपछि पृथ्वीमा फर्किंदै !

एजेन्सी – अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गर्न लागेकी छिन् । उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री छिन् ।

अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्री सहित अवतरण गर्न लाग्नु भएको नासाले जनाएको छ । अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ रहेकी छिन् । उनी अन्तरिक्ष केन्द्रमा ३२८ दिन रहेकी थिइन् ।

कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिँड्नु (स्पेसवाक) भएको थियो । कुनै महिलाले अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर पनि हो ।

हालसम्म चार जना अन्तरिक्ष यात्रीले मात्र एक वर्ष वा सोभन्दा बढी अवधि अन्तरिक्षमा बिताएकी छिन् । रसियाका भ्यालेरी पोल्याकोभले मात्र हालसम्म सर्वाधिक ४३७ दिन अन्तरिक्ष केन्द्रमा बिताएकी थिइन् ।

नासाका अन्तरिक्ष यात्री स्कट केलीले सन् २०१६ मा पृथ्वीमा फर्कनु अघि ३४० दिन अन्तरिक्ष केन्द्रमा बिताएकी थिइन् ।

प्रकाशित : बिहिबार, माघ २३, २०७६१०:४९

“माधव, बाबुराम, विष्णु र लिलामणि माथि पनि मुद्दा चलाउ” – तरुण दल ! [विज्ञप्ति सहित !