लाइसेन्सको अनलाइन फारम प्रणाली ह्याक: कहिले खुल्ला लाइसेन्सको अनलाइन फारम ?

काठमाडौँ – लाइसेन्सको अनलाइन फारम हप्ता दिन भन्दा बढी समय देखि बन्द छ। यातायात व्यवस्था विभागले केहि दिनमै खुलाउने बताएता पनि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्दनै छ।

विभागले सवारी चालक अनुमतिपत्र सम्बन्धी अनलाइन प्रणाली परिमार्जनका लागि बन्द गरिएको बताउँदै आएको छ। एक गिरोहले छुट्टै एप्लिकेशनमार्फत स्वचालित रुपमा फारम भर्ने गरेको थाहा हुन आएपछि अनलाइन प्रणाली परिमार्जन गर्न लागिएको विभागको भनाई छ।

यता विभागले अनलाइन प्रणाली परिमार्जन भइरहेको बताइरहँदा अनलाइन प्रणाली राखिएको सर्भर भने ह्याक भएको पाइएको छ। यातायात व्यवस्था विभागले ह्याक भएको बारे केहि नबताएपनि अनलाइन प्रणाली राखिएको सर्भर ह्याक भएको पाइएको हो।

“गूगल”मा देखिएअनुसार लाइसेन्सको अनलाइन फारम प्रणाली राखिएको सर्भर “Inocent && DemonSad”नामक ह्याकर अथवा ह्याकर ग्रुपले ह्याक गरेको देखिन्छ।

सर्भर ह्याक भएको अनुमान गरिएता पनि विभागबाट भने यस बारे कुनै जानकारी प्राप्त भएको छैन। विभागले ह्याक भएको उल्लेख नगरेतापनि सर्भर ह्याक भएपछि प्रणाली फेर्न लागिएको हुन सक्ने अनुमान पनि गर्न सकिन्छ।

हुन त, नेपालमा सरकारी सर्भर ह्याक हुनु कुनै नौलो कुरा होइन। यस भन्दा अगाडी पनि समय-समयमा नेपालका सरकारी प्रणालीहरु ह्याक हुँदै आएका छन्। सरकारले डिजिटल नेपाल (स्मार्ट नेपाल) को अवधारणा अघि सारेता पनि डिजिटल सुरक्षामा भने खासै ध्यान दिएको पाइँदैन।

प्रकाशित : बिहिबार, माघ २३, २०७६१४:५७

अब विदेशीले नेपालमा सजिलै श्रम स्वीकृति पाउने !