काठमाडौँ – हाल सामान्य रहेको नेपालको मौसममा बदलि हुने देखिएको छ। शुक्रवार दिउँसोबाट पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव बढ्ने हुँदा मौसममा बदलि हुने भएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म सफा रहेको मौसममा शुक्रबार केहि बदलि हुन सक्नेछ। शुक्रबार देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु-भागका १-२ स्थानहरुमा हल्का पानी पर्न सक्ने महाशाखाको अनुमान छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहने बताइएको छ।
शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेपनि बाँकि भू-भाग मौसम सामान्यतया सफा रहनेछ। मौसम महाशाखाका अनुसार शुक्रबार राति देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहनेछ भने उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपात हुन सक्नेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो रहनेछ –
मौसम विश्लेषण) Meteorological Analysis):-
हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन। भोली शुक्रवार दिउंसो वाट नेपालमा पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने छ।
मौसमको अवस्था )Present Weather Status):
हाल देशको पहाडी भू-भागमा आंशिक बदली र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ २३ गते (बिहीबार)
रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भई १-२ स्थानहरुमा हल्का वर्षा संभावानाका हुनुका साथै बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
माघ २४ गते (शुक्रबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु-भागका १-२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
रातीः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भाग सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
माघ २५ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वी तथा मध्य पहाडि भु-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
रातीः देशका पूर्व र मध्य पहाडी भू-भागमा आंशिक बदली देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा हुनुका साथै बाकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
भोलि शुक्रवार वाट नेपालमा पश्चिमि न्यून चापिय प्रणालीको प्रभाव रहने र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।