महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैया तोकेको छ र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३ सय रुपैया तोकेको छ। बिहिबार (हिजो) छापावाला सुन प्रतितोला ७५ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७४ हजार ९ सयमा खरिद बिक्री भएको थियो ।
निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय पुगेको थियो ।
त्यसै गरि,आज चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय अमेरिका र इरानमा देखिएको तनाव र चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ ।
महासङ्घका अनुसार पछिल्लो समय सुनको व्यापार ७५ प्रतिशत हाराहारीमा खुम्चिएको छ । सामान्यतः दैनिक करिब २५ देखि ३० किलो सुन खपत हुँदै आएको नेपाली बजारमा अहिले मुस्किलले १० किलो सुन पनि बिक्री हुन नसकेको महासङ्घले जनाएको छ ।