“छोरीले छाेरामाथि एसीड खन्याउने अवस्था बनाउँछौँ”- लालबाबु राउत[भिडियो सहित]

काठमाडौँ – प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पद र गरिमाको ख्याल नगरी विवादित बयान दिएका छन्।

मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वमा छोरा भन्दा छोरीलाई अब्बल बनाउने उद्घोष गर्ने क्रममा आफ्नो पद र गरिमाको ख्याल नगरी विवादित बयान दिएका हुन्।

राउतले छोराको जिउमा ए-सीड खन्याइदिन सक्ने अवस्थामा छोरीलाई पुर्याउने उल्लेख गरेसँगै राउत एक पटक पुन विवादमा तानिएका छन्। महिला अगुवाहरुसँगको भेटघाटका क्रममा राउतले छोराको जिउमा ए-सीड खन्याइदिन सक्ने अवस्थामा छोरीलाई पुर्याउने उल्लेख गरेको भिडियोनै सार्वजनिक भएको छ।

के छ भिडियोमा ?

सार्वजनिक भएको भिडियोमा राउत प्रदेशमा छोरीलाई अब्बल बनाउने अभियानमा आफू लागि परेको बताइरहेका देखिन्छन्। मैथली भाषामा कुराकानी गरिरहेका राउतले छोरीलाई अब्बल बनाइने र छोरा मान्छेले नभई छोरीले ए-सीड खन्याइदिने अवस्था आउने बताइरहेका पनि भिडियोमा देखिन्छन्।

“हामी पहिलेदेखि नै छोरीको विषयमा सोचिरहेका छौं। मेरो पालामा छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल र यति वारियर बनाइनेछ की, छोरीले अब छोराको मुखमा ए-सीड खन्याउनेछन्। यसो मेरो सोंच छ”,राउतले मैथलीमा भनेका छन्।

प्रकाशित : शुक्रबार, माघ २४, २०७६११:३८

“अख्तियार सरकारको निर्देशनमा चल्दैन, कांग्रेसले यो कुरा बुझोस्” – नारायणकाजी श्रेष्ठ