बलिउडकै सर्वाधिक कमाई गर्ने अभिनेत्री आलियाको कमाई कति ? यस्तो छ उनको खर्च गर्ने योजना !

फोर्ब्सले प्रकाशित गरेका १०० सेलेब्सको सुचिमा आलिया भट्ट सर्वाधिक कमाई गर्ने अभिनेत्री बनेकी छिन्। फोर्ब्सको अनुसार, आलिया भट्टले २०१९ मा ९४.७३ करोड कमाएकी छिन्। भर्खरै, आलियाले एक पत्रिकालाई अन्तर्वार्ताको क्रममा आफ्नो सम्पत्ति व्यवस्थापनको बारेमा केहि खुलाशा गर्नुका साथै आफ्नो ‘विश लिस्ट’ पनि उल्लेख गरेकी छिन्।

आलियाका अनुसार, उनलाई वित्तको बारेमा धेरै जानकारी नभएको, तर पछिल्लो केहि बर्षमा भने उनी के कुरामा लगानी गर्ने भन्ने बारेमा बुझ्ने प्रयास गर्दै छिन्। अहिले उनले कैयौँ म्युचुअल फन्ड, ब्राण्ड र एफडीमा लगानी गरेकी छिन्। आलिया आफै स्वीकार्छिन् कि अहिले उनी धेरै खर्च पनि गर्दिनन्।

उनका अनुसार, पहिले उनी आफ्नो बाबुआमासँग कहिले काहिँ लन्डन घुम्न जान्थिन्, तर अहिले लन्डनमा उनको आफ्नै घर छ। अहिले आलियाले कम खर्च गरेता पनि उनको ‘विश लिस्ट’ भने निकै धेरै र महँगो छ। उनी अब आफ्नै निजी विमान किन्न चाहन्छिन्। साथै, आलियाले भनिन्, ‘मलाई प्रकृति निकै मन पर्छ र म पहाडमा पनि एक घर किन्न चाहन्छु’।

कामको कुरा गर्दा, आलिया भट्ट हाल चलचित्र ‘ब्रह्मास्त्र’मा काम गरिरहेकी छिन्। यस चलचित्रमा उनका साथ रणबीर कपूर पनि देखा पर्ने छन्। यस बाहेक, चलचित्रमा अमिताभ बच्चन, डिम्पल कपाडिया, नागार्जुन र मौनी राय पनि देखा पर्नेछन्। यस चलचित्र डिसेम्बर २०२० मा रिलीज हुनेछ।

प्रकाशित : शनिबार, माघ २५, २०७६१४:५३

पहिलो पटक यस सुपरहीरो चलचित्रमा देखा पर्नेछिन् अभिनेत्री क्याट्रिना कैफ