“बाबुराम र माधवलाई कारवाईको दायरामा ल्याइयोस्, गच्छदारलाई पनि नछादियोस्”

काठमाडौँ – मानव अधिकारकर्मी कृष्ण पहाडीले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि कारवाही गरिनुपर्ने माग गरेका छन्।

शनिबार एक विज्ञप्ति जारी गर्दै बालुवाटार जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको समेत संलग्नता देखिएको भन्दै राज्यले कारबाही गर्नुपर्ने माग गरेका हुन्।

यस्तै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा गच्छदारसहित १७५ जनालाई मुद्धा चलाएको सन्दर्भमा न्याय निरुपणको कार्यमा सबैले सहयोग गर्नुपर्ने र ‘स्वतन्त्र न्यायालय’ बाट हुने निर्णयलाई स्वीकार गर्नुपर्नेमा उनको जोड छ।

गच्छदारमाथि मुद्धा चलाएको घटनालाई लिएर नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक एवं विधिको शासनको वकालत गर्ने दलले संसद अवरुद्ध गर्नु, भातृ संगठनहरुलाई सडकमा उतार्नुलाई पहाडीले अशोभनीय एवं दुर्भाग्यपूर्ण भनेका छन्।

“गच्छदारमाथि मुद्धा चलाएको घटनालाई लिएर नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक एवं विधिको शासनको वकालत गर्ने दलले संसद अवरुद्ध गर्नु, भातृ संगठनहरुलाई सडकमा उतार्नु अशोभनीय एवं दुर्भाग्यपूर्ण छ।”,विज्ञप्तिमा भनिएको छ।

“उक्त अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा बाबुराम भट्टराईको प्रत्यक्ष संलग्नता देखिइसकेको हुँदा पूर्व प्रधानमन्त्रीद्वयलाई पनि कारवाईको दायरामा ल्याउन नेपाली कांग्रेसले शान्तिपूर्ण दबाब दिन खोजेको हो भने त्यसको म स्वागत गर्दछु र त्यस्तो अहिंसात्मक एवं रचनात्मक दबाबमा नागरिक समाज आन्दोलनले पनि सहकार्य गर्न सक्ने छ ।”,माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई पनि कारवाहीको माग गर्दै विज्ञप्तिमा भनिएको छ।

प्रकाशित : शनिबार, माघ २५, २०७६०८:५९

करण र सन्दिपले दुई-दुई विकेट लिएपछि अमेरिका सङ्कटमा ! यस्तो छ ताजा अवस्था…