करण र सन्दिपले दुई-दुई विकेट लिएपछि अमेरिका सङ्कटमा ! यस्तो छ ताजा अवस्था…

काठमाडौं – आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेलमा नेपाल उत्कृष्ट सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पक्ष्याएको अमेरिका संकटमा परेको छ । अमेरिकाले सुरुवाती ओभरमै प्रमुख चार ब्याट्सम्यानलाई गुमाएको छ ।

अमेरिका १० ओभरमा २७/४ को कमजोर अवस्थामा रहेको छ । नेपालले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएको थियो । कप्तान ज्ञानेन्द्र मल्लको निर्णयलाई सहि सावित गर्दै सन्दीपले चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । त्यसअघि जोन्सले तेस्रो बलमा चौका प्रहार गरेका थिए ।

तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराएपछि नेपालले सानदार सुरुवात गरेको हो । करणले यसै ओभरको अन्तिम बलमा जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए । चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबी डब्यू आउट गरे ।

प्रकाशित : शनिबार, माघ २५, २०७६०९:०४

बिग मार्टको ‘बिग मेला’मा पाँच तोला सुन जित्ने अवसर