आज माघ २६ गते आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

तपाईमा  भावुकताको मात्रा धेरै हुनेछ । तपाईको स्वाभिमानमा  ठेस पर्नेछ ।  तपाईले ग्लानिको  अनुभव गर्नुहुनेछ । भोजन र निन्द्रामा अनियमितता रहनेछ । स्त्री र पानीबाट टाढा रहनुहोला ।

वृष – इ,उ,ए ,ओ,वा,व,वु,वे,वो (Taurus)

तपाईको चिन्ता कम कम हुनाले राहत महसुस हुनेछ ।तपाई निकै संवेदनशील रहनुहुनेछ । साहित्य लेखन तथा कलाक्षेत्रमा  तपाईले योगदान गर्नुहुनेछ । परिवारको  सदस्य विशेषरूपले आमासँग  आत्मीयता बढ्नेछ । छोटो यात्रा हुन सक्छ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

 निर्धारित कार्य पूरा हुनेछ । आर्थिक योजनाको  कारण तपाईको समस्या कम हुनेछ । पेसा वा  व्यवसायमा तपाईको सहयोगीको सहयोग मिल्नेछ  । मित्र तथा प्रियजनसँगको भेटले खुशी  बढ्नेछ । परिवारमा शान्ति र आनन्द प्राप्त हुनेछ  ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

तपाईको साथी परिवार तथा दिन निकै राम्रो रहनेछ ।  शुभ समाचार मिल्नेछ  तथा आर्थिक लाभ  पनि हुनेछ । श्रीमतीसँग राम्रो  समय बित्नेछ  ।  शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

मनमा  बेचैनी रहनेछ  तथा विभिन्न चिन्ताले सताउनेछ । शारीरिक स्वास्थ्य खराब  हुन् सक्छ । आफ्अनो बोलि र व्पयवहारमा ध्यान राख्नुहोला  । तपाई निकै भावुक रहनुहुनेछ । खर्चको  मात्रा अधिक रहनेछ । स्त्री वर्गबाट बच्नुहोला ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

विविध क्षेत्रमा  यश, कीर्ति र लाभ पाउनुहुनेछ ।वृद्द  तथा मित्रसँग तपाईको दिन आनन्दमा बित्नेछ । श्रीमती र बच्चासँग आनन्दमय समय बित्नेछ । दाम्पत्यजीवनमा  आनन्द प्राप्त हुनेछ ।  सन्तानको समाचार मिल्नेछ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

घर र कार्यस्थलमा निकै राम्री वातावरण रहनेछ । स्वास्थ्य राम्रो रहनेछ ।  कार्यालयमा  उच्च पदाधिकारीबाट तपाईको कार्यको चर्चा मिल्नेछ । आमाको तर्फबाट लाभ मिल्नेछ  । सरकारी कार्यमा  सफलता  मिल्नेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

तपाई  शारीरिक र मानसिक रुपले थकान र आलस्यको अनुभव गर्नुहुनेछ । यसको प्रभाव व्यवसायिक क्षेत्रमा देख्न पाउनुहुनेछ । सन्तानसँग मतभेद हुनेछ । कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

कुनै पनि नयाँ कम आरम्भ नगर्नुहोला । कफ तथा पेट सम्बन्धि समस्या रहनेछ । शल्यक्रिया जस्ता मामलालाई टाल्नुहोला  । तपाई निकै  व्यग्र र चिन्तित  रहनुहुनेछ । पानीबाट टाढा रहनुहोला  । खर्च  वृद्धि हुनेछ ।  बोलि र व्यवहारमा ध्णीयान राख्नुहोला  ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

दैनिक कार्य बाहेक तपाईले समय मनोरंजन तथा घुमेर बिताउनुहुनेछ । स्वादिष्ट भोजन प्राप्त हुनेछ  तथा साथीसँग घुम्न जानुहुनेछ । तपाईको व्यपार  वृद्धि  हुनेछ । सार्वजनिक जीवनमा मान-सम्मान बढ्नेछ । कार्यमा  सफलताका साथसाथै स्वास्थ्य पनि राम्रो रहनेछ  ।
कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

कार्यमा  सफलता पाउनको लागि दिन उत्तम रहेको छ । तपाईद्वारा गरिएको कार्यबाट प्रसिद्दी र सफलता मिल्नेछ । परिवारमा  सौहार्दपूर्ण वातावरण रहनेछ । तन-मनबाट  ताजगी र स्फूर्तिको अनुभव हुनेछ । खर्च वृद्दि हुनेछ ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

तपाईको कल्पनाशक्तिमा निखार आउनेछ । तपाईको  दिन साहित्य सिर्जनको लागि उत्तम रहेको छ। विद्यार्थी विद्यामा राम्रो गर्नेछन् । तपाईको स्वभावमा भावुकता र कामुकता अधिक रहनेछ ।  मनमा  भय रहनेछ । तपाईको लागि अनुकुल दिन रहेको छ ।

प्रकाशित : शनिबार, माघ २५, २०७६१४:५९

तपाईको यो साता कस्तो रहला ? हेर्नुहोस यस हप्ताको राशिफल